नरेश राना
कञ्चनपुर । कञ्चनपुरमा बेहुला गायब भएपछि एक विवाह स्थगित भएको छ । लालझाडी गाँउपालिका ४ पर्सियाका दिपराज रानाको विवाह शुक्लाफाँटा नगरपालिका ६ कसरौलकी सुमित्रा रानासंग विवाहको लगनगाठो बाँधिएको थियो । ४ फागुन ०८१ मा बिहे तय गरेका बेहुला,बेहुली परिवारले विवाहको चार दिन अघिदेखि बेहुला गायब भएपछि विवाह स्थगित भएको हो ।
३०माघमा कोटपाईन्ट ल्याएर आउँछु भन्दै धनगढी बजार गएका बेहुला विवाहकै मितिसम्म पनि सम्पर्कमा नआएपछि विवाह स्थगित गरिएको परिवारजनले जनाएका छन । बेहुलाका दाजु लोकराज रानाले बेहुला(भाई) नै गायब भएपछि विवाह रोकिएको बताए । उनले भाईको विवाह गर्नका लागि केही महिना अघि मात्रै मग्नी गरेको बताए ।
‘विवाहका दिन लगाउने कोट किन्छु, भन्दै धनगढी हिडेका भाई(बेहुला) विवाह मिति तय भएको चारदिनदेखि गायब भएपछि हामीले अहिले विवाह नै स्थगित गरेका छौँ, ‘उनले भने, ‘विवाह भन्दा पनि मानिस नै गायब भएपछि खोजिगर्नुपर्ने बाध्यता आएको छ, भाई आजसम्म पनि सम्र्पकमा आएका छैनन, हामी चिन्तित भएका छौँ ।’
उनले विवाहको तयारीका लागि कार्ड छपाईदेखिका आवश्यक सबै कामकाजको तयारीकै मुखमा भाई सम्पर्कमा नआएपछि एकातिर कतै हामीहरुले भाई गुमाएका हौँ, कि भन्ने ठुल पिर परेको बताए । बेहुला परिवारले दिपराजको खोजबिनका लागि कञ्चनपुर, कैलाली दुवै प्रहरीमा निवेदन दिएका छन ।
बेहुला नै गायब भएपछि विवाहका लागि गरिएको तयारी खेर गएको छ । दुबै परिवारमा सन्नाटा छाएको छ । उनीमाथि कसैको अपहरण, हत्या वा कि स्वयम उनी आफै गायब भएको बारे अझैसम्मपनि अनविज्ञता छ । प्रहरीले विवाहको पाँचदिनदेखि गायब भएका दिपराजको खोजीकार्य जारी रहेको जनाएको छ ।
बैदेशिक रोजगारीबाट घर फर्किका राना धार्मिक परम्परा अनुसा वैवाहिक जिवनमा बाँधिन लागेका थिए । यसरी बेहुला नै गायब भएपछि दुवैतर्फका घरपरिवार, स्थानीय, ईष्टमित्र गाँउले अचम्मित भएका छन । पहिलेका पुर्खाहरुले विवाहको एक दुईसाता अघिदेखि बेहुलालाई सुरक्षित घरमै राख्नेदेखि कहिकतै बजार जानुपर्ने भएपनि सामुहिक रुपमै जाने गरेको अहिले यो घटनाले स्मरण गरिरहेका छन ।