भाष्कर केसी

कञ्चनपुर । कञ्चनपुर स्थित महाकाली नदी तटिय वाढी प्रभावित क्षेत्रका स्थानीय किसान महिला वैकल्पिक कृषिखेतीतर्फ उन्मुख भएका छन । भीमदत्त नगरपालिका १३ पिपरैया, सुनाह टोलका महिला किसान वैकल्पिक कृषिखेती तर्फ उन्मुख भएका हुन । चुरे भएर बग्ने भुजेला खोला महाकाली नदीमा ठोक्किदा उल्टै गाँउतिर उर्लिएर डुवानमा पर्दै आएका छन । परम्परागत खेती भन्दा व्यवसायिक एव बैकल्पिक खेती गर्न लागेका छन ।

भीनपा १३ पिपरैयाकी पवित्रा कुँवरले विषादीरहित तरकारी खेती गरेकी छिन । पवित्राले तीन कट्टा जमिनमा तरकारी खेती गरेकी हुन । उनले टर्नेल सहितमा तरकारी खेती गरेकी छिन । उनले निड्स नेपालबाट सहयोग पाएपछि विषादीरहित तरकारी खेती गरेको बताईन । ‘हामीले टर्नेल निर्माण पनि गरेका छौँ, ‘उनले भनिन, ‘यो हाम्रो प्राङगारिक मल हालेर उत्पादन गरिएको तरकारी हो ।’

बर्षातका हुने अन्नबाली वाढीले प्रभावित गर्न थालेपछि हिउँदमा तरकारी खेती गरेको उनले बताईन । अर्की स्थानीय भानुदेवी सुनारले महाकाली नदीमा प्राकृतिक रुपमा उम्रिएको पटेरोबाट विभिन्न सायजका बिछ्यौना बनाएर बिक्रि वितरण गर्दै आएकी छिन । उनले वाढी प्रभावित क्षेत्रका आफु सहित अन्य महिलाले समेत फिना बनाएको बताईन । ‘हामीले उत्पादन गरेको फिना ३÷४सय रुपैयामा बिक्रि वितरण गर्दै आएका छौँ, ‘उनले भनिन, ‘वाढीले अन्नबाली नष्ट गरिदिन्छु, त्यही फिना बेचेर घर खर्च चलेको छ ।’ सोनाह टोलका अनिता सुनार, गिता सुनार र मनिसा सुनारले सामुहिक ड्रागन खेती गरेका छन ।

अनिता सुनारले बर्षातका बेला अन्नबाली महाकाली नदीको वाढीले नष्ट गरिदिएपछि आफुहरुले व्यवसायिक फलफुल खेती गरेको बताईन । बर्षातका बेला अन्नबाली महाकाली नदीको वाढीले नष्ट गरिदिएपछि आफुहरुले व्यवसायिक फलफुल खेती गरेको बताईन । ‘हाम्रो यहाँ वाढी लाग्छ, वाढीले धान लगायतका अन्नबाली नष्ट गरिदिन्छु, उनले भनिन, ‘यो ड्रागन खेती सिमेन्टका पोल उचो भागमा फल्छ वाढी प्रभावित भएपनि सुरक्षित हुन्छ ।’

उनले ड्रागनको बजार राम्रो भएकाले ड्रागनखेती तर्फ उन्मुख भएको बताए । उनले निड्स नेपालबाट ६लाख २० हजार बराबरको भौतिक समाग्री, बिउबिजन दिएपछि ड्रागनखेती गरेको बताईन । रामानुज महिला सशक्तिकरण केन्द्रकी संयोजक सीमा सुनारले वाढीबाट बाँच्नका लागि गाँउका अधिकाँस महिला व्यवसायिक तरकारी, फलफुलमा उन्मुख भएको बताईन । निड्स नेपाल स्कोप आरथ्रि परियोजना संयोजक ईश्वर उपाध्यायले संस्थाहरुबाट वाढी प्रभावित क्षेत्रमा रहेका किसानहरुलाई तालिम, प्रविधिदेखि आर्थिक सहयोग गरेपछि विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गरेको बताए ।

उनले विपद् जोखिम रहेका बस्तीका स्थानीयको जिवनस्तर बृद्धि एव स्थानीय स्तरमै रहेका स्रोत साधानको उपभोग गरेर आत्मनिर्भर बनाउनका लागि सहयोग गरेको बताए । उनले वाढी प्रभावित क्षेत्रका स्थानीय किसानले उत्पादन गरेका फिना, तरकारीदेखि ड्रागन फलफुलको बजारिकरणका लागि समेत सहयोग गर्ने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रंशाद सापकोटाले यसरी युवाहरुले स्वदेशमै कृषि उत्पादनका कार्यक्रममा सहभागि हुनुपर्ने बताए । प्रजिअ सापकोटाले युवाहरु विदेशमोह भन्दा स्वदेशमै वैकल्पिक कृषिखेती तर्फ उन्मुख हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुस