विरेन्द्र शाह,

फर्किआउ साईला दाई घरदेशमा
बिरानो बिरानो लाग्छ्न सबै परदेशमा

परदेशमै कति खेर फाल्छौ जवानी
के हुन्छ रु प्रियसी सङ्गै जुनि काटने कहानी

मातृभुमिले बोलाएको छ अब आउनु पर्छ
साङ्लो ले कैद छ उसलाई मुक्त गर्नु पर्छ ,

सहनु हुन्न अब अर्काको गुलामी
बरु होस हाम्रो लाशको सलामी ,

फर्किआउ है साईला दाई।।
जहाँ बगेको छ शहिदको रगत
न फाल खेर विदेशमा जवानी फगत,

आउ यहाँ लेखिदिउँ स्वतन्त्रताका कथाहरु
बुझिदिउँ निमुखा र उत्पीडितका व्यथाहरु,

दुनियाँ लाई सम्झाई दिउँ
गुलामै बनेको देशको कहानी
घरदेश फर्किआउ साईला दाई
देश माग्दैछ बलिदानी ।।

प्रतिक्रिया दिनुस