बेलडाँडी । कञ्चनपुरको एक ऐतिहासिक र परम्परागत पहिचान बोकेको बेलडाँडी गाउँपालिकाको नेतृत्व सम्हाल्ने व्यक्तित्वहरूमध्ये एक प्रमुख नाम हो— हरिशचन्द्र राना । आदिवासी जनजाति परिवारमा जन्मेका रानाले आफ्नो नेतृत्व कौशल, इमान्दारिता र समर्पणका कारण जनताको विश्वास जित्न सफल भएका छन् । शिक्षण पेसाबाट राजनीतिक यात्रामा प्रवेश गरेका राना अहिले गाउँपालिकाका प्रमुखको रूपमा समृद्धि र विकासका मार्गचित्र निर्माण गर्दै अघि बढिरहेका छन् । हरिशचन्द्र राना कुनै दिन बेलडाँडी गाउँपालिका वडा नं. ५ स्थित गणेश माध्यमिक विद्यालयमा एक साधारण शिक्षक थिए । विद्यालयमा शिक्षण कार्यमा संलग्न रहँदा उनले बालबालिकामा न केवल शैक्षिक ज्ञान बाँडे, तर नेतृत्व विकास र समाजसेवाका मूल्यमान्यता पनि स्थापित गर्न निरन्तर प्रयास गरे ।

शिक्षण पेशामा आबद्ध हुँदा उनले देखेका समस्याहरू समाधान गर्न नेतृत्व तहमा पुग्नुपर्ने आवश्यकता महसुस गरे । यही सोचले उनी राजनीतिमा प्रवेश गर्न प्रेरित भयो । साधारण शिक्षकदेखि गाउँपालिका प्रमुखसम्मको उनको यात्रा संघर्ष, समर्पण र जनसेवाको अद्वितीय उदाहरण हो । २०७९ सालको स्थानीय चुनावमा उनले बेलडाँडी गाउँपालिकाको प्रमुख पदमा विजय हासिल गरे । गाउँपालिकाको नेतृत्व सम्हालेलगत्तै रानाले थुप्रै चुनौतीहरूको सामना गर्दै महत्वपूर्ण विकास योजनाहरू अघि सारे । विभिन्न क्षेत्रको विकासका लागि उनले प्राथमिकताका आधारमा योजना निर्माण गर्दै कार्यान्वयन गरे । बेलडाँडी गाउँपालिकामा १५ शय्याको अस्पताल स्थापना गर्ने योजना अघि बढाइएको छ, जसले स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

प्रत्येक वडा कार्यालयलाई व्यवस्थित बनाउने उद्देश्यले नयाँ भवन निर्माण गर्दै सेवा प्रवाहलाई सहज बनाइँदै छ । स्थानीय किसानहरूलाई सहजता प्रदान गर्न कोल्ड स्टोर र दुग्ध चिस्यान केन्द्र स्थापना गरी उत्पादनलाई बजारसम्म पु¥याउने योजना कार्यान्वयनमा छ । विद्यालयहरूमा भौतिक पूर्वाधार विकाससँगै शिक्षण गुणस्तर सुधार गर्न लगानी वृद्धि गरिएको छ । युवाहरूमाझ खेलकुद प्रवद्र्धन गर्न खेलमैदान निर्माण प्रक्रिया अघि बढाइएको छ । गाउँपालिकाभित्र सबस्टेशन स्थापनाको योजना अघि बढाइएको छ, जसले विद्युत आपूर्तिलाई थप व्यवस्थित बनाउनेछ । गाउँपालिकाभित्रका छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माण गरिंदैछ । हरेक वर्ष मिडियामा मात्र ३० लाखभन्दा बढी खर्च हुने गरेकोमा उनले त्यसलाई नियन्त्रण गरी बजेटको सदुपयोग गर्न विशेष ध्यान दिएका छन् ।

बेलडाँडीको प्रमुख बजार चवन्नी बजारलाई व्यवस्थित बनाउन विशेष योजना अघि बढाइएको छ । पालिकास्तरीय सडक र रिङरोड निर्माणले यातायात व्यवस्थापन सुधार गर्दै व्यापार, कृषि, पर्यटन र समग्र विकासलाई तीव्रता दिन्छ । दीर्घकालीन रूपमा यसले पालिकाको समृद्धि र जनताको जीवनस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्छ । विकास कार्य अगाडि बढाउँदै गर्दा प्रमुख रानालाई विभिन्न चुनौतीहरूको सामना गर्नुप¥यो । विशेष गरी केही स्वार्थी तत्वहरूले उनको योजनाहरूमा अवरोध पु¥याउने प्रयास गरे । कार्यपालिकाभित्रै पनि असहयोगको वातावरण सिर्जना गर्न खोजियो, तर उनले दृढ इच्छाशक्ति र पारदर्शिताका साथ आफ्नो कामलाई निरन्तरता दिए ।

व्यक्तिगत स्वार्थका लागि नजिक हुने अनि स्वार्थ पूरा नभएपछि विरोध गर्ने प्रवृत्तिले उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउने प्रयास गरियो । तर, उनले जनताको सेवालाई पहिलो प्राथमिकता दिँदै विकास योजनाहरूलाई अघि बढाइरहे । विशेष गरी चवन्नी बजारको व्यवस्थापनका लागि अघि बढाइएका योजनाहरूलाई अवरुद्ध गर्न चाकडी चाप्लुसी गर्दै संसद सम्म पुर्याएतापनि उनले आफ्ना योजनाहरूलाई सफल पार्ने दृढता देखाए । हरिशचन्द्र रानाको नेतृत्वमा बेलडाँडी गाउँपालिका समृद्धिको मार्गमा अघि बढिरहेको छ । उनले अगाडि सारेका विकास योजनाहरू भविष्यमा गाउँपालिकाका नागरिकहरूका लागि ठूला उपलब्धिहरू सावित हुनेछन् । पारदर्शी नेतृत्व, सही बजेट व्यवस्थापन र समावेशी नीतिहरूले बेलडाँडीलाई एक आदर्श पालिका बनाउने दिशामा अघि बढाएको छ ।

रानाले देखाएको इमान्दारिता, साहस र दूरदृष्टिले उनलाई एक सशक्त र उदाहरणीय नेतृत्वका रूपमा उभ्याएको छ । “जहाँ दृढ इच्छाशक्ति र पारदर्शिता हुन्छ, त्यहाँ समृद्धि सम्भव छ,” भन्ने विचारलाई उनले आफ्ना कार्यहरूमार्फत चरितार्थ गरिरहेका छन् । बेलडाँडीका नागरिकहरूले उनलाई एक दृढ, इमान्दार र विकासमुखी नेतृत्वको रूपमा हेरेका छन्, जस प्रति आगामी दिनमा अझ ठूला उपलब्धिहरू ल्याउने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुस