कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शैक्षिक ईन्सिच्युट संचालनमा आएको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगर गल्ली नम्बर ४मा ईजीवेय ईन्सिच्युट संचालनमा आएको हो । सोमबार एक कार्यक्रमका विच ईन्सिच्युटको उद्घाटन गरिएको छ । ईजीवेय ईन्सिच्युटका संचालक नवराज भट्टले यस क्षेत्रका विद्यार्थीको आवश्यकता अनुरुप ट्युसन, ब्रिजकोर्षदेखिका जागिरे सहितका विवित कक्षा संचालन गरिने बताए । उनका अनुसार मुख्य विषयका ट्युसन, रोजगारीका लागि लोकसेवा कक्षा, बैदेशिक रोजगारीका लागि भाषा सहितका कक्षा संचालन हुने बताए । उनका अनुसार आफु सहित यस क्षेत्रका युवा नरेन्द्र कलौनी, नरेश खडका, रोशन भट्टले उक्त संस्था संचालनमा ल्याएको छ ।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले उद्घाटन गर्दै शैक्षिक गुणस्तरिय सेवामा जोडदिएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जोशीले विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा सहायक पुर्व शिक्षा निर्देशक देवीदत्त भट्ट, समाजसेवी डा. कृष्णदत्त जोशी(बोक्सर), धुम्रपान निषेधका अभियन्ता मदन बहादुर चन्द सहितले शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुस