धन बहादुर बोहरा(डिबी)

कञ्चनपुर । कञ्चनपुरका क्रियासिल पत्रकारहरुले होली खेलेका छन । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मंगलबारदेखि होली खेलेका हुन । रंगहरुको पर्व होलीको सरक्षणका साथै असशक्त पत्रकारहरुलाई सहयोगार्थका लागि होली खेलेको जनाएका छन ।

एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया एव पत्रकार महासंघ कञचनपुरका निवर्तमान जिल्ला सचिव राजेन्द्र प्रशाद अवस्थीले होलीको उद्घाटन गरेका छन । होलीको उद्घाटन गर्दै पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रोकाया र निर्वतमान सचिव अवस्थीले नेपाली धर्म, संस्कृति, कला सरक्षणका लागि होली पर्व खेलेको बताएका छन ।

मंगलबारदेखि शुरु भएको होली कार्यक्रम शुक्रबारसम्म संचालन हुने छ । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत रहेका पत्रकारले होली खेलेका छन । गत बर्षपनि पत्रकारहरुले यसरी नै होली खेलेर अनाथालयमा सहयोगदेखि अन्तर प्रदेशमा अध्ययन अवलोकन भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुस