कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका एक नेता पक्राउ परेका छन । सत्ताको मुल बागडोर सम्हालेको एमाले लालझाडीका नेता ओम प्रकास राना पक्राउ परेका हुन । एमाले लालझाडीका अध्यक्ष समेत रहेका रानालाई वन कार्यालय कञ्चनपुरले पक्राउ गरेको जनाएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत करुणाकर जोशीले ओमप्रकास रानालाई सोधपुछका लागि नियन्त्रणमा लिएको बताए । उनका अनुसार राना हिरासतमा छन । केही दिन अघि लालझाडीमा जंगली हात्ती मृत फेला परेपछि पोष्टमाष्टम प्रतिवेदनले करेन्ट लागेर हात्तीको मुत्यु भएको विषय खुलेपछि डिभिजन वन कार्यालयले कसले करेन्ट लगाएर हात्ती मारेको बारे अनुसन्धान अघि बढाएको छ । कतै रानाले नै विद्युतीय धराप थापेको हो कि भनेर छानबिनका लागि नियन्त्रणमा लिएको जनाएको छ । पाटी सरकारमा भएकाले एमाले नेता कार्यकर्ताहरुले रानालाई छुटाउन दौडधुप बढाएका छन । लालझाडीमा जंगली हात्तीले मानिसमाथि आक्रमण देखि भौतिक सरचना अन्नबालीमा क्षति पु¥याउँदै आएको छ । देशमा तीन तीन सरकार भएपनि लालझाडीका जनता हात्ती नियन्त्रणमा नआएपछि हैरान भएका छन

प्रतिक्रिया दिनुस