महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालस्थित महेश्वर माध्यमिक विद्यालयलाई सिटिजन्स् बैंकले प्रोजेक्टर सहयोग प्रदान गरेको छ ।

 

विद्यार्थीको पठनपाठनलाई सूचना प्रविधिमैत्री बनाउन सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड महेन्द्रनगर शाखाले १ थान प्रोजेक्टर सहयोग गरेको हो ।

 

कक्षाकोठाको शैक्षणिक क्रियाकलापलाई प्रविधिमैत्री बनाउँदा सिकाइ उपलब्धि बढ्ने विश्वास गरिन्छ । विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले विद्यालयलाई प्रोजेक्टर सहयोग गरिएको महेन्द्रनगर शाखा प्रमुख शंकरप्रसाद जोशीले जानकारी दिए ।

कार्यक्रममा शाखा प्रमुख जोशीले १ थान प्रोजेक्टर विद्यालयलाई हस्तान्तरण गरे ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैक अफ द ईयर २०२४’को उपाधि प्राप्त गर्न सफल सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६० जिल्लामा फैलिएका १९८ वटा शाखा, १६३ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७५ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाख ५० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुस