कञ्चनपुर । भारतको देहरादुनमा नेपाल(जुम्ला)मा उत्पादन भएको मार्सी चामल र कोदोको पिठो मुख्य आकर्षण बनेको छ । ८ चैत्रदेखि भारतको देहरादुनमा संचालन भएको ईण्डो नेपाल व्यापार पर्यटन महोत्सवमा जुम्लाको मार्सी चामल र कोदोको पिठो नेपाली बस्तु तथा सेवाले बजार पाएको हो । कञ्चनपुर उद्योग वाणिज्य संघले वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रर्बद्धन केन्द्रसंगको सहयोगमा देहरादुनमा अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सव ००८१मा मार्सी चामल र पिठो पनि मुख्य आकर्षण बनेको जनाएको छ ।

विभिन्न रोग निदान, मानिसको स्वास्थ्यका लागि लाभदायक कोदोको पिठो त्यहाँका नेपालीमुलीदेखि भारतीयको रोजाईमा परेको छ । जुम्लाकी गंगादेवि रावलले मौलिक जुम्लाको मार्सी चामल, कालो चामल, फापर, कोदो, कुन्दुक बेच्नका लागि आएकी छिन । हिमाली कृषि उद्योग जुम्लाकी संचालिका रावलले सबैभन्दा बढि मार्सी चामल, कोदोको पिठोको माग बढेको बताईन । ‘म पहिलो पटक यहाँ आएको हुँ, ‘उनले भनिन, ‘पहिलो दिनमै राम्रो बिक्रि भएको , भावि दिनमा पनि कहाँ कसरी मार्सी चामल र कोदोको पिठो पाईन्छ, भनेर उपभोक्ताहरुले जिज्ञासा राखेका छन, अहिले त मेलाका कारण ल्याए भावि दिनमा कसरी पठाउने होला ? ।’

रावलले माग अनुरुप आपूर्ति गर्न नसकेको बताईन । भावि मेला मात्रै नभई अन्य हिसाबले पनि ल्याउने बताएकी छिन । महोत्सवमा घोडाघोडी–२ कैलालीकी उमा खत्रीले महोत्सवमा मह बेच्न लगेकी छिन । उनले राम्रो बिक्रि वितरण भएको बताईन । नेपाली मुलीहरुको बाहुल्यता भएको भारतीय शहर देहरादुनमा सहजै मौलिक नेपाली बस्तुको उपलब्धता नहुने र मेलाले उपभोक्तालाई सहजै उपलब्ध गराएपछि हस्तकलादेखिका बस्तुमा उपभोक्ताको आकर्षण बढेको पाईन्छ । ७ बर्षमा तेस्रो पटक गरेपछि त्यहाँ बस्दै आएका नेपाली मुलका उपभोक्ताहरुलाई आफ्नो पुख्र्यौलीका बस्तु तथा सेवा उपभोगका लागि मेला कडि बनेको छ ।

नेपाली मुलका मात्रै नभई भारतीय अन्य नागरिकले समेत नेपाली विशुद्ध मौलिक बस्तुको उपभोग गर्दै आएका छन । महोत्सवमा नेपाली मौलिक खाने परिकार, उपभोग गर्ने समानदेखि विश्वभरी नेपालीको पहिचान गराउने ढाँकाटोपी, खुकुरी, महदेखि विजयसाल, चाउचाउ, चुरापोते, गलैचाका भाँडाकुडाको कारोबार भईरहेको छ । यस अघि दुई पटक र अहिले गरेर तेस्रो पटक संचालन भएको मेलाले देहरादुनमा रहेका नेपालीलाई सहजै मौलिक बस्तुको उपलब्धतादेखि नेपाल–भारतविचको आर्थिक, व्यापारिक सम्बन्ध विस्तार गरेको छ । ललितपुरका सोम मुडभरीले नेपाली गोर्खे कुखुरीको स्टल राखेका छन ।

 

मुडभरीले सोम हिमाल हस्तकला उद्योगबाट उत्पादित बस्तुको देहरादुन मेलामा स्टल राखेका हुन । उनले यस अघि दोस्रो मेलामा ३सय कुखुरी बिक्रि गरेको र अहिले ४सय बेच्ने लक्ष्य अघि सारेको बताए । ‘यो मेलामा नेपाली कुखुरीको माग धेरै हुन्छ, ‘उनले भने, ‘पहिलो पटक स्टल राख्दा ३सय कुखुरी बेचेको थिए, ‘उनले भने, ‘अहिले ४सय बेच्ने योजना छ ।’ सुदूरपश्चिमका युवा उद्योगी तेज बहादुर चन्दले देहरादुन ऐतिहासिक सामरिक महत्व राख्ने भएकाले पनि नेपाली बस्तु तथा सेवाको सहजै उपलब्धता भावि दिनमा भारतीयबजारमा समेत सेवा विस्तार पु¥याउन, भारतसंगको ब्यापार घाटा घटाउन, नेपाली बस्तुलाई अन्र्तराष्ट्रिय बजारसम्मै पु¥याउने उदेश्यका साथ मेला संचालन गर्न लागिएको बताए ।

‘यो मेला रमाईलोका लागि होईन, ‘यसको दिर्घकालिन पनि महत्व छ, ‘उनले भने,‘हामीले हाम्रा बस्तु तथा सेवा भारतीय बजारमा खपत गर्न सकेपनि ठुलो आर्थिक लाभ लिन सक्छौँ ।’ काठमाडौँ नागार्जुनकी संगीता गुरुङले रोल्पा–रुकुमको भीरमौरीको मह, टिमुर र कोदोको पीठो बिक्रि वितरण गरेको बताईन । यस्तै कोटेश्वरका करुण राईले हातले बुनेका ढाकाका पोशाकको स्टल राखेकिी छिन । ‘यो पोशाक मात्र होइन, नेपाली हस्तकलाको प्रवद्र्धन पनि हो। देहरादूनमा धेरै नेपाली भएकाले आएका हौँ,’ उनले भनिन, ‘यहाँपनि बिक्रिका लागि ल्याएको छु ।’

‘महोत्सवले नेपाली चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरमा र्पुयाउन सघाउँछ,’ उनले भने। महोत्सवमा अल्लोका वस्तु, सल्यानको खुकुरी, ढाकाका कपडा, पोते, जुत्ता र विभिन्न हस्तकला पनि प्रदर्शनमा रहेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य समेत रहेका युवा व्यवसायी प्रदिप पाल(आरक्षपीडित)ले महोत्सवबाट नेपाली बस्तुको प्रचारप्रसारदेखि भारतीय बजारमा समेत केही प्रभाव परेको बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले नेपाली बस्तु तथा सेवाको अन्र्तराष्ट्रिय बजारीकरणका लागि आयोजना गरिएको मेलामा मौलिक नेपाली बस्तुको माग बढिरहेको बताए ।

‘अन्य मल्टि नेशनल कम्पनीबाट उत्पादिन बस्तु तथा सेवा सहजै उपभोक्ताले पाउँछन, तर नेपाली बस्तु पाउन समस्या हुने भएकाले सहज उपलब्धता र भारत दिनमा बजारीकरणका लागि हामीले महोत्सव नै संचालन गरेका छौँ ।’ महासचिव बोहराका अनुसार नेपाली बस्तु तथा सेवाका ५० र भारतीयपनि ५० स्टल रहेको बताए । उनले नेपालीमुलका नागरिकहरुको देहरादुनमा बाहुल्यता भएकाले पनि नेपाली बस्तु तथा सेवा खपतका लागि मेला आयोजना गरिएको छ ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले तेस्रो पटक अन्र्तराष्ट्रिय व्यापार पर्यटन महोत्सवले दुईदेशविच थप आर्थिक, समाजिक, साँस्कृति सम्बन्ध विस्तार हुने बताए । अध्यक्ष जोशीले नेपालमा उत्पादित बस्तु तथा सेवाको प्रर्बद्धन, बजारीकरण एव भारतसंगको व्यापार घाटा पूर्तिका लागि महोत्सव आयोजना गरिएको बताए । यस अघि वाणिज्य संघले दुई पटक देहरादुनमा मेला सम्पन्न गरिसकेको बताउँदै उनले यस पटक पनि मेला संचालन गरिएको बताए । सन ०१७र ०१८मा पहिलो र दोस्रो पटक मेला संचालनगरिसकिएको र तेस्रो पटक ०२५मा गर्न लागेको बताए ।

६ बर्षपछि हुनलागेको महोत्सवले थप नेपाली बस्तुको भारतीय बजारमा माग बढिरहेको बताए । पाँच दिनसम्म संचालन हुने महोत्सवमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवको उद्घाटन गर्दै तेस्रो पटक संचालन भएको उक्त अन्र्तराष्ट्रियव्यापार महोत्सवको उत्तराखण्डका मुख्यमन्त्रीपुष्कर सिह धामीले उद्घाटन गर्दै महोत्सवले दुवै देशका स्थानीय बस्तु तथा सेवाको कारोबार बृद्धि गर्ने बताएका थिए । देहरादुनमा रहेका नेपालीमुलीहरुले समेत आफ्नो पुख्यौली बस्तु तथा सेवाको सहजै उपभोग गर्न पाएपछि हर्षित भएका छन ।

प्रतिक्रिया दिनुस