कञ्चनपुर । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हरटाएपछि चौतर्फि बिरोध एव भत्र्सना भईरहेको छ । ११ चैत्र मन्त्रिपरिष्दबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पदबाट हरटाएपछि चौतर्फि बिरोध एव भत्र्सना भईरहेको हो ।
कार्य अवधि बाँकी हुँदै सरकारले प्रतिशोध साँधेर हटाउन खोजेको भन्दै राजधानी काठमाण्डौँ सहित देशभर बिरोध प्रर्दशन भईरहेको छ । देशलाई लोडसेङ्गि मुक्त गराउने सच्चा राष्ट्रसेवक हटाएर सरकारले कमिसनको खेल खेल्न लागेको भन्दै नेकपा माओवादी केन्द्र कञ्चनपुरका भातृ संघ संगठनहरुले महेन्द्रनगरमा बिरोध प्रर्दशन गरेका छन ।
मंगलबार साँझ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, वाईसियल नेपालले बिरोध प्रर्दशन एव उर्जामन्त्री दिपक खडकाको पुत्ला दहन गरेका छन । मन्त्री खडका र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्धमा नाराबाजी गरेका थिए ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अबिरल)ले सरकारको गलत काम बिरुद्धमा सचेत गराउन राँके जुलुस एव उर्जामन्त्री खडकाको पुत्ला दहन र राजिनामा माग गरेको बताए । अखिल क्रान्तिकारी केन्द्रीय सदस्य डम्बर कुँवरले दुई तिहारको सरकारले जनताको पक्षमा भन्दा विचौलियाको पक्षमा काम गर्नथालेपछि त्यसको बिरुद्धमा क्रान्तिकारी र वाईसियलले साँकेतिक आन्दोलन शुरुवात गरेको बताए ।
नेकपा माओवादी केन्द्रकी नेतृ माया नेगीले राजावादीहरुले गणतन्त्र व्यवस्था बिरोध गरिरहेकै बेला सरकारले कुलमान हटाएपछि राजावादीहरुलाई समेत समेत बल पुगेको विश्लेषण गर्दै काम गर्नेमाथि सरकारले डण्डा चलाएर बर्बाद पार्न खोजेको बताए । माओवादी सहित सत्ताधारीकै दलका नेता कार्यकर्ताहरुले सरकारले कुलमान हटाएपछि बिरोध गरिहेका छन ।