कञ्चनपुर । सिद्धनाथ विज्ञान क्याम्पस, त्रिभुवन विश्वविद्यालय, महेन्द्रनगरमा April १–२, २०२५, Chaitra १९–२०, २०८१) एप्लाइड इकोलोजी सम्बन्धीदुई दिने कार्यशाला सम्पन्नभयो । प्राणी शास्त्र विभाग, सिद्धनाथ विज्ञान क्याम्पस, को आयोजनामा, Megafauna Ecology and Conservation Group (MEC), XTBG, चीनको सह–आयोजनमा तथा नेपाली पक्षी संघ -NOU_ काठमाडौंको सहकार्यमा सम्पन्न कार्यशालाको कार्यक्रम संयोजक उपप्राध्यापक डा. बलराम अवस्थी थिए । कार्यशालामा करिब १०० जनाविद्यार्थी, अनुसन्धानकर्ता र शिक्षक मण्डलको सहभागिता रहेको थियो। उद्घाटन सत्रमा क्याम्पस प्रमुख, सहप्राध्यापक, डा. गजराम दमाईले सहभागीहरूलाई अनुसन्धान र वातावरणीय चेतनामा अग्रसर हुन प्रेरणा प्रदान गर्नुभयो । कार्यशालामा प्रमुख वक्ता प्राध्यापक डा. अहिंसा आर्सेइज–क्याम्पोस, Megafauna Ecology and Conservation Group (MEC)का प्रमुख अनुसन्धानकर्ता, उपस्थित थिए । उनले” Megafauna Ecology and Conservation in TropicalAsia विषयमा अन्तर्राष्ट्रिय सन्दर्भमा व्याख्या गरे । डा. अहिंसा, जो Xishuangbanna Tropical Botanical Garden, Chinese Academy of Sciences, China मा प्रमुख अनुसन्धानकर्ता हुन्, १०० भन्दा बढी पियर–रिव्यू गरिएको प्रकाशन, ५,४०० उद्धरण र ५९ H इन्डेक्स भएका छन् । उनी IUCN का तीन विशेषज्ञ समूहका सक्रिय सदस्य र Integrative Conservation पत्रिकाका प्रधान सम्पादक पनि हुन । कार्यशालामा उपप्राध्यापक डा. बलराम अवस्थी, प्राध्यापक डा. अहिंसा आर्सेइज–क्याम्पोस, उपप्राध्यापक डा. लिसा ओङ, सहप्राध्यापक डा. महादेव विष्ट, उपप्राध्यापक तिल माया ढकाल, सहप्राध्यापक डा. नरेन्द्र बहादुर चन्द, सुरज बराल, उपप्राध्यापक डा. प्रकाशदत्त भट्ट, लक्ष्मण पौडेल, हतन चौधरी, उपप्राध्यापक डा. शिविश भण्डारी तथा वन्यजन्तु प्राविधिक देवराज जोशी लगायतका विज्ञहरूले विभिन्न विषयमा प्रस्तुति र प्रशिक्षण दिएका थिए । सहभागीहरूलाई फिल्ड अभ्यास, तथ्यांक विश्लेषण, चरा सम्बन्धी अध्ययन प्रविधि, वनस्पति तथा स्तनधारी अनुसन्धानका उपकरणहरूबारे ज्ञान प्रदान गरिएको थियो । कार्यशालाको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो र आयोजकहरूले यस्ता कार्यशालाले विद्यार्थीहरूलाई वैज्ञानिक अनुसन्धान र वातावरणीय नेतृत्वतर्फ प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका थिए । सहभागी विद्यार्थीहरूले यस कार्यशालामा पर्यावरणीय अनुसन्धानका अत्याधुनिक उपकरण र प्रविधिहरू, पारिस्थितिकीय तथ्यांक विश्लेषण, र वन्यजन्तु संरक्षणका विभिन्न विधिहरूमा ज्ञान प्राप्त गरे । यसका साथै, तिनीहरूले वनस्पति–प्राणी अन्तरक्रिया र स्थानीय पारिस्थितिक ज्ञानलाई व्यवहारिक रूपमा बुझ्न सक्ने अवसर पाए ।
प्रतिक्रिया दिनुस