धन बहादुर बोहरा
महेन्द्रनगर । कञ्चनपुर जिल्लाको उत्तरी भेगमा पर्ने चुरे क्षेत्रमा ध्वाँसे चितुवाको आक्रमणबाट दुई जना जोगिएका छन् । आईतबार डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाबाट कञ्चनपुर जिल्लाको महेन्द्रनगर बजार आउनेक्रममा परशुराम नगरपालिकाका वडा नं. ९ कुयापानीका नरेश सुनार र परशुराम नगरपालिका वडा नं. ८ जमरानीका जनक विक ध्वाँसे चितुवाको आक्रमणबाट जोगिएका हुन । आज सादनी–चुनेपानी सडकखण्डको चुनेपानीभन्दा माथि रातामाटी भन्ने ठाँउमा ध्वाँसे चितुवाले आक्रमण गरेको नरेश सुनारले बताउनुभयो । ‘आज हामी दुई जना सादनी–चुनेपानी सडकबाट महेन्द्रनगर आउदै थियौ,’ नरेशले भन्नुभयो ‘चुनेपानीभन्दा माथि नै हो, बुट्टा परेको बाघले झम्टिन आयो, जनक र मैले मोटरसाईकल छोडेर ५ सय मिटर दौडेर ज्यान जोगायौ एकघण्टापछि मोटरसाईकल लिएर बल्ल महेन्द्रनगर पगियो ।’
पछिल्लो समयमा जंगली हिंस्रक जनावरहरु बाहिर आउने र मानिसमाथि आक्रमण गर्ने प्रक्रिया बढिरहेको छ । खासमा बाघ, चितुवा र हिउचितिवाले आहारको कमि र समस्याग्रस्त भएरमात्रै गाँउवस्ती तिर आउने र मानव लाई आक्रमण गर्ने गर्दछन् । यसबारे शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं संरक्षक अधिकृत पुरुषोत्तम वाग्ले भन्नु हुन्छ –‘बाघ र चित्तले आहारको कमि भएमा आहारको खोजि गर्न गाँउबस्ती तिर आउछन्, तर हाम्रो देश नेपालका जंगलमा बाघको आहारको कमि छैन्,’संरक्षक अधिकृत वाग्लेले भन्नुभयो ‘खासमा गाँउघरतिर आउने बाघ र चितुवा भनेका समस्याग्रस्त नै हुन, जुन कुनै न कुनै कारणरले सिकार गर्न नसक्ने भएका हुन्छन्, यीनीहरुको व्यवस्थापन सरकारले गर्नुपर्ने देखिन्छ ।’