खडक रावल

कञ्चनपुरकाेदोधारा चादनी नगरपालिका, वडा नं. १ ले आफ्नै कार्यालय भवनको उद्घाटन गरेको छ। आइतबार आयोजित एक कार्यक्रममा नगरप्रमुख किशोर कुमार लिम्बुले उक्त भवनको उद्घाटन गरेका हुन ।

 

 

यसअघि वडा कार्यालय भाडाको भवनमा संचालन हुँदै आएको थियो। नयाँ भवन निर्माण पछि अब वडा कार्यालयले आफ्नै भवनमा कार्य संचालन गर्ने भएको छ। वडा नं. १ का अध्यक्ष बिक्रम बहादुर चन्दले यसले नागरिकलाई अझ राम्रो र ब्यापक रुपमा सेवा प्रदान गर्न सहज हुने बताए।

 

 

उक्त कार्यक्रममा वडा न ५ का अध्यक्ष केशव बहादुर खत्री, ४ का अध्यक्ष भक्त बहादुर सुनार, लगायतको सहभागीता रहेको थियो ।

 

 

नयाँ भवन निर्माणले स्थानीय नागरिकहरूलाई सेवा पुगाउन सजिलो हुने र वडा कार्यालयको कार्यक्षमता बढ्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुस