कञ्चनपुर २६ चैत ।
कञ्चनपुरमा रहेको होली फेम्ली स्पोर्टस एकेडेमीले क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प सञ्चालन गरी रहेको छ ।
मंगलबार भीमदत्त नगरपालिका–१० तिलकेनी होली फेम्ली स्कुल प्राङ्गणमा १२ दिने क्रिकेट टे«निङ्ग तथा तेक्वान्दो प्रशिक्षण क्याम्पको उद्घाटन गरीएको हो ।
यहि चैत २६ गते देखि २०८२ बैशाख ६ गते सम्म चल्ने प्रशिक्षण क्याम्प कार्यक्रमको अध्यक्षतामा होली फेम्ली स्पोर्टसका उपाध्यक्ष महादेव प्रशाद भट्ट रहेका थिए भने प्रमुख अतिथिमा कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र चन्द र बिशिष्ट अतिथिमा कञ्चनपुर तेक्वान्दो संघका उपाध्यक्ष राजेन्द्र केसि लगायत विभिन्न सरोकारवाला शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावकको उपस्थिीति रहेको थियो ।
गुणस्तरीय शिक्षाका साथै निःशुल्क खेलकुद प्रशिक्षणलाई निरन्तरता दिदै आएको विद्यालयले अहिले पनि थप स्तरीय कार्ययोजनाको साथ कार्यक्रम ल्याएको स्पोर्टका उपाध्यक्ष भट्टले बताएका छन ।
खेल क्षेत्रको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफुलाई चिनाउन सफल भएका खेलाडिहरुलाई सम्झदै आफु र आफ्नो टिम सदैव खेलाडीहरुको उज्जवल भविष्यको लागी निरन्तर खटिने प्रमुख अतिथि चन्दको भनाई रहेको थियो ।
यसैगरी शिक्षा सगै स्वास्थ्य रहनको लागि खेलकुद पनि अनिवार्य रहेकाले अन्य विद्यालयहरुले पनि यस बिषयमा केन्द्रित हुनुपर्ने कुरामा तेक्वान्दो प्रशिक्षक मोहन प्रताप गुरुङ्गले जोड् दिएका थिए ।
उक्त आयोजित कार्यक्रममा शुभकामना मन्तब्य नारायण दत्त भट्टले राख्नु भएको थियो भने प्राचार्य कृष्णदत्त भट्टले कार्यक्रम सञ्चालन गरेका थिए ।