धर्मसिह धामी

कञ्चनपुर । विद्यालय शिक्षा ऐनको माग अघि सार्दैै नेपाल शिक्षक महासंघकोे अगुवाईमा एक सातादेखि संघीय राजधानी काठमाण्डौँमा देशभरीका शिक्षकहरुले गर्दै आएको आन्दोलनका कार्यक्रममा एक शिक्षक संगठनले सहभागिताका लागि आब्हान गरेको छ । नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन(यूएनटिओ) कञ्चनपुरले शिक्षक आन्दोलनमा सहभागिताका लागि आब्हान गरेको हो ।

यूएनटिओ कञ्चनपुर जिल्ला कार्य समिति सहित जिल्लाका सबै पालिका कमिटिले संयुक्त रुपमा आब्हान गरेर आन्दोलनमा होमिन आब्हान गरेको जनाएको छ । यस अघि यूएनटिओ कञ्चनपुरका अध्यक्ष समेत रहेका नेपाल शिक्षक महासंघ शुक्लाफाँटा नगरका अध्यक्ष गोबिन्द ढाँट सहितका नेता कार्यकर्ताहरु केन्द्रीय आन्दोलनमा आफै सहभागि भएका छन ।

यूएनटिओ कञ्चनपुरका ९वटै पालिका कमिटिले शिक्षकको हकहितका लागि अन्तिम लडाईमा होमिन आब्हान गरेका छन । एकीकृत अखिल नेपाल शिक्षक संगठन (यूएनटिओ) बेलौरीकाअध्यक्ष रामदास राना, बेलडाँडीकाअध्यक्ष गणेश बहादुर चौधरी, पुनर्वासकाअध्यक्ष काली नेपाली, लालझाडीकाअध्यक्ष मंगल प्रशाद चौधरी, कृष्णपुरका अध्यक्ष गणेश एसके, शुक्लाफाँटाका अध्यक्ष महेश प्रशाद अवस्थी, भीमदत्त नगर अध्यक्ष नवराज जोशी र दोधराचाँदनी अध्यक्ष लिलाराम गिरीले हस्ताक्षर गरेको विज्ञप्तीमा आन्दोलामा प्रभावकारी सहभागिता भएकाले आम शिक्षकको हकहितमा क्षेत्रमा एकजुट हुन आब्हान गरेका छन ।

प्रतिक्रिया दिनुस