कञ्चनपुर । कञ्चनपुरका युवा निर्माण व्यवसायी सिंगापुर गएका छन । निर्माण व्यवसायी संघ कञ्चनपुरमा आबद्ध रहेका युवा निर्माण व्यवसायी सिंगापुर गएका हुन । उनीहरु एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रमा मुलुकहरुकोे साझा निर्माण संगठन(ईफाप्का)को ४७औँ सम्मेललनमा भागि लिनका लागि सिंगापुर गएको जनाएको छ ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका कोषाध्यक्ष एव दिपक भट्ट सहित युवा निर्माण व्यवसायी पदमराज बोहरा, दिनेश बहादुर मल्ल, दिपेन्द्र साउद, ब्रिजकिशोर चन्द, घनश्याम पाण्डेय सहितका निर्माण व्यवसायी सहभागि भएका छन ।
निर्माण व्यवसायी संघ कञ्चनपुरका कोषाध्यक्ष एव दिपक भट्टले कञ्चनपुर(नेपाल)बाट अन्र्तराष्ट्रिय फोरममा सहभागि हुन पाएकोमा नयाँ अनुभव ज्ञान हासिल गर्ने मौका पाएको बताए । ४६औं इफाप्का सम्मेलन ०२३ को नोभेम्बरमा नेपालले आयोजना गरेको थियो ।
अहिले ०२५ अप्रेलमानिर्माण उद्योगमा समस्या देखिएको वर्तमान अवस्थामा ‘भोलिको निर्माणलाई अंकमाल’ भन्ने नारा सहित ४७ औं इफाप्का सम्मेलन सिंगापुरमा आयोजना गरिएको छ । नेपालसहित १९ मुलुकका निर्माण संस्था आबद्ध इफाप्काको मुख्यालय फिलपिन्सको मनिलामा रहेको छ ।
कायर्यक्रममा नेपालका तर्फबाट नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विभिन्न चुनौतीका बाबजुद पनि नेपालले जलस्रोत, सडक सञ्जाल, सिंचाइ, उड्डयनलगायतका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धस हासिल गरिरहेको बताएका छन ।
इफाप्का) को ४७औं सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै अध्यक्ष सिंहले भौतिक पूर्वाधारको नेपालको वर्तमान अवस्थाबारे प्रकाश पारेका थिए । पूर्व इफाप्का अध्यक्षसमेत रहेका सिंहले नेपाली निर्माण व्यवसायीहरूले भौतिक पूर्वाधारको क्षेत्रमा विभिन्न कठिनाइको सामना गर्नु परिरहेको बताए ।
विश्वव्यापी रूपमा देखिएको आर्थिक मन्दीको सिकार नेपालको पूर्वाधार क्षेत्र पनि भएको बताउँदै महासंघ अध्यक्ष सिंहले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन पूर्वाधार क्षेत्रको विकास अपरिहार्य रहेको बताए ।
विश्वका अन्य विकासशील देशहरूले जस्तै नेपालको निर्माण उद्योगले पनि जलवायु परिवर्तनको प्रत्यक्ष मार खेपिरहेकोतर्फ अध्यक्ष सिंहले विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराए । विगत केही महिना अघि देखि निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण पनि नेपालको निर्माण उद्योगमा प्रतिकूल असर देखिएको सिंहले बताए ।
‘सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय दाताहरूसँगको सहकार्यलाई नेपालले प्राथमिकतामा राखेको छ,’ अध्यक्ष सिंहले भने, ‘निर्माण उद्योगमा प्रविधिका लागि लगानी बढाउनु पर्छ ।’ निर्माण उद्योगको विकासका लागि इफाप्का जस्ता क्षेत्रीय संगठनका सदस्य राष्ट्रहरूबीचको सहकार्य जरुरी भएको अध्यक्ष सिंहले बताए ।
कार्यक्रमबाट एसिया तथा प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरुको वास्तविक समस्या पहिचान गर्दै विभिन्न मुलुक सम्बृद्धिका क्षेत्रमा भूमिका रहेको औल्याएका छन ।