शुनिल राना
कञ्चनपुर महेन्द्रनगरकोे सार्क एजुकेशन फाउण्डेशन(सार्क स्कुल)ले आउँदोे नयाँ शैक्षिक सत्र ०८२देखि थप नयाँ योजनाका साथ शैक्षिक कार्यक्रम संचालन गर्ने योजना अघि सारेको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको सार्क एजुकेसन फाउण्डेशन(सार्क स्कुल)ले आउँदोे नयाँ शैक्षिक सत्र ०८२देखि थप नयाँ योजनाका साथ शैक्षिक कार्यक्रम संचालन गर्ने योजना अघि सारेको हो । यसका लागि विद्यालयले समर क्याम्प अर्थात विदा शैक्षिक अभियान समेत संचालन गरेको छ ।
शुक्रबार नयाँ बर्ष ०८२कोे शुभकामना आदान प्रदान तथा अन्तरकृया कार्यक्रम गर्दै सार्कले शैक्षिक गुणस्तर थप बृद्धि गर्दै समय सापेक्षा विद्यार्थीको चाहना प्रतिभा अनुरुप शिक्षणका कार्यक्रम संचालन गर्ने जनाएको छ । सार्क एजुकेशन फाउण्डेशन(सार्क स्कुल)का प्रमुख कार्यकारी अधिकृत(सिईओ) लक्ष्मण बहादुर बस्नेतले नयाँ शैक्षिक सत्रमा थप स्तरिय ढङगले शैक्षिक कार्यक्रम संचालन हुने बताए ।
उनले विगतदेखि दिदै आएको स्तरिय शिक्षाका कार्यक्रम थप स्तरिय बनाउँदै जाने बताए । ‘हामीले विद्यार्थीको चापलाई मध्य नजर गर्दै स्कुल बस समेत थपेका छौँ, ‘उनले भने, ‘विद्यालयले विश्वव्यापी लिडरशिप विद्यार्थी बनाउने संकल्प लिएको छ ।’ एकीकृत शैक्षिक प्रणाली अनुरुप विद्यार्थीको चाहना अनुरुप अघि बढिरहेको उनले बताए । निकट भविष्यमै बहुउदेश्यीय आफ्नै विद्यालय भवन निर्माण गर्ने योजना रहेको बताए ।
सार्क एजुकेशन फाउण्डेशन(सार्क स्कुल)का प्रिन्सिपल अशोकराज खातीले गुणस्तर, सृजनशिलता र सस्कारयुक्त विद्यार्थी उत्पादन गर्ने विद्यालयको मुल ध्येय अनुरुप अघि बढिरहेको बताए । ‘हाम्रो उदेश्य विद्यार्थीलाई ठुलो होईन असल ज्ञानी नागरिक बनाउने हो, ‘उनले भने, ‘जो देश र समाजका लागि आवश्यक परोस ।’ प्रिन्सिपल खातीले विद्यार्थीको अतिरिक्त सिकाईदेखि अन्तरक्षमताकोे विकासका लागि समर क्याम्प अभियान समेत संचालन गरेको बताए ।
यसका साथै शिक्षकहरुलाई समेत विज्ञहरुबाट कक्षा संचालन गर्न लगाईने छ । समर क्याम्पका लागि आएका डिजायन थिङका प्रशिक्षक अजय यादवले पछिल्ला दिनहरुमा विज्ञान प्रविधीकोे विकासले मानिसको सृजनालाई ग्रास गरिरहेका बेला नविनतम विचारका लागि डिजायन थिङ्ग अपरिहार्य रहेको बताए । सार्क स्कुलका प्राज्ञिक निर्देशक दिपेन्द्र जोशीले विद्यालय फरकशैलीमा सृजनात्मक रुपमा अघि बढिरहेको बताए ।
उनले समय सापेक्ष अनुरुप यूनिक रुपमा अघि बढेर विद्यार्थीको चाहना अनुरुप शिक्षण सिकाईका कार्यक्रम संचालनमा जोडदिए । सार्क स्कुलका प्लसटु व्यवस्थापन प्रमुख जनकराज जोशीले गुणस्तरसंग कुनै सम्झौता नगरेर कार्यक्रम अघि बढिरहेको बताए । सार्क स्कुलका प्लसटु कार्यक्रम संयोजक भागवत भट्टले कार्यक्रम संचालन गर्दै बालविकासदेखि कक्षा १२सम्म विभिन्न विद्यार्थीको पढाईका अतिरिक्त चाहना अनुरुप विद्यार्थीको विकासका कार्यक्रम संचालन भईरहेको बताए ।