कञ्चनपुर । कञ्चनपुरकोे कृष्णपुर स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारका लागि अघि सारेको योजना कडाईपुर्वक संचालन गर्ने तयारीमा जुटेको छ ।

कृृष्णपुर नगरपालिकाले आउँदो शैक्षिक सत्र ०८२देखि जनप्रतिनिधी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका सन्तान अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने गरेकोे निर्णय कार्यान्वयनका लागि जुटेको हो ।

३१चैत्र आइतबार ३८औँ कार्यपालिकाले यस अघि २८पुष ०८१मा सम्पन्न भएको १६औँ नगर सभाले आगामी शैक्षित्र सत्र ०८२देखि जनप्रतिनिधी शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले अनिवार्य आफ्ना सन्तान एकाघरका छोराछोरी सामुदायिक विद्यालय भर्ना गराउने निर्णय कार्यान्वयनमा कडाई गरेको जनाएको छ । जनप्रतिनिधी, शिक्षक, कर्मचारीले आफ्नो र एकाघरका बालबालिका सामुदायिक विद्यालयमा पढाउनुका लागि भर्ना नगरे सेवा सुविधा कटौतीदेखि अन्य प्रकृयामा सहभागि नगराउने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका पदाधिकारी, पिटिए अध्यक्ष तथा पदाधिकारीहरुले समेत आफ्ना सन्तान अनिवार्य सामुदायिक विद्यालयमा भर्ना नगरे उनीहरुको जिम्मेबारी खोसिने जनाएको छ । निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर विष्टले हस्ताक्षर गरेको पत्रमा बालविकासदेखि कक्षा ९सम्मै भर्ना गराउने जनाएको छ ।

कृष्णपुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अनिता ठगुन्नाले हस्ताक्षर गरेको पत्रमा २बैशाखदेखि सामुदायिक विद्यालयमा भर्ना अभियान सफल पार्नका लागि १देखि ९वटै वडाहरुका जनप्रतिनिधीलाई विद्यालयकोे जिम्मेबारी समेत दिएको छ ।

कृष्णपुुर स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारको अभियानमा साथ सर्मथन रहेको ऐक्यबद्धता जाहेर गरेका छन ।

नगरका विभिन्न ६ विद्यार्थी संघ संगठनहरुले कृष्णपुुर स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारको अभियानमा साथ सर्मथन रहेको ऐक्यबद्धता जाहेर गरेका हुन ।

नेवि संघ नगर सभापति राज ब. विक,अनेरास्ववियु अध्यक्ष पुष्कर भट्ट, अखिल क्रान्तिकारी नगर अध्यक्ष उमेश चौधरी,समाजवादी निकट अनेरास्ववियु नेता खगेन्द्र भट्ट, राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठन अध्यक्ष रोशन भट्ट र स्वतन्त्र विद्यार्थी समुहका सयोजक शिवशकर विष्टले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तीमा जनप्रतिनिधी, कर्मचारी, शिक्षक एव विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुका सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना अभियानमा एक्यबद्धता रहेको जनाएका छन ।

विद्यार्थी संघ संगठनहरुले नगरपालिकाले अघि सारेको सार्वजनिक विद्यालय सुधारको अभियानमा आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोगको अपिल गरेका छन ।

कृष्णपुर नगरका मेयर हेमराज ओझाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरपालिकाले उक्त योजना अघि सारेको बताएका छन । मेयर ओझाले ०८२बैशाख २ गतेदेखि संचालन गरिने भर्ना अभियानमा सरोकारवालासंग अग्रसर भएर अघि बढ्न समेत अपिल गरेका छन ।

आउँदो शैक्षिक सत्रदेखि कृष्णपुर स्थानीय सरकारले अघि सारेको शैक्षिक सुधार अभियानमा चौतर्फि रुपमा प्रसंसाका साथै कार्यान्वयनका लागि समेत जोडदिएका छन ।

प्रतिक्रिया दिनुस