कैलाली ,धनगढी मंसिर ५ ,देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सुदूरपश्चिम प्रदेशको सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । सम्मेलनले विष्णुराम दमाईलाई प्रदेश अध्यक्षमा निर्वाचित गरेको छ । सम्मेलनले ६ सदस्य पछि थप्ने गरी २५ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको हो ।

निर्वाचित कमिटिको पहिलो बैठकले अध्यक्षमा विष्णुराम दमाई कञ्चनपुर, उपाध्यक्षमा फिर्ता राना थारु कैलाली, सचिवमा शिवराज बजगाईं अछाम, सहसचिवमा बहादुर चाड डडेल्धुरा, कोषाध्यक्षमा खिमा ज्ञवालीकैलालीलाई चयन गरेको छ । सदस्यहरुमा लोकबहादुर विक कैलाली, चन्द्रलाल चौधरी कञ्चनपुर, टंक कोइराला कैलाली, अशोक ओली बझाङ, केशब साउद कञ्चनपुर, चन्द्रबहादुर थापा डोटी, भूमि चन्द कञ्चनपुर, महानन्द भट्ट बैतडी, जगसिंह धामी दार्चुला, सुस्मा गौतम बैतडी, विन्तिराम चौधरी कैलाली, मिना कडाल कैलाली, गंगाराम विक डडेलधुरा, रमेश विक बाजुरा लगायत रहेका छन् ।

नवनिर्वाचित कमिटिलाई प्रमुख अतिथि रामसिंह श्रीस, पार्टी प्रदेश इन्चार्ज तथा सचिव अनुकूलले अविर लगायत बधाई दिनु भएको थियो भने निर्वाचित कमिटिको तर्फबाट विष्णुराम दमाईले प्रतिबद्धता जाहेर गर्नुभएको थियो । बन्द सत्रमा अध्यक्ष मण्डलको तर्फबाट राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविका लगायतका विषयहरुलाई समेटेर सात बुँदे समसामयिक प्रस्ताव पनि सम्मेलनले पारित गरेको छ ।

प्रतिक्रिया दिनुस