काठमाडौं मंसिर ५ । भारतीय विस्तारवादी अतिक्रमणका विरुद्ध काठमाडौंमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले विशाल ¥याली निकालेको छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको ¥याली बागबजार, पुतलीसडक, पद्मोदयमोड, भद्रकाली, सुन्धरा, सहिदगेट, एनएसी, वीरअस्पताल हुँदै रत्नपार्कमा पुगेर विरोधसभामा परिणत भएको छ । विरोधसभालाई मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्नुभएको छ ।
मोर्चाको केन्द्रीय कार्यालयको आयाजनामा निकालिएको विरोध ¥याली र सभामा देशभक्त क्रान्तिकारीहरुको ठूलो मात्रामा सहभागिता रहेको छ । विरोधसभाको सञ्चालन मोर्चाका केन्द्रीय कार्यालय सदस्य तथा ३ नंं। प्रदेशका संयोजक पवनमान श्रेष्ठले गर्नुभएको छ ।
प्रतिक्रिया दिनुस