कञ्चनपुर । धार्मिक पर्यटकीय नगरी कञ्चनपुरको उत्तरी चुरेमा रहेको झिलमिला तालमा श्रीमदभावत सप्ताह ज्ञान महायज्ञ तथा विश्वकल्याण श्रृङारिक महाआरती संचालन भएको छ ।

झिलमिला ताल धार्मिक तथा पर्यटकीय स्थल सरक्षण समितिको आयोजनामा भीमदत्त नगरपालिका ९ झिलमिला तालमा श्रीमदभावत सप्ताह ज्ञान महायज्ञ तथा विश्वकल्याण श्रृङारिक महाआरती संचालन भएको हो ।

कञ्चनपुरका युवा समाजसेवी अगुवा मनमोहन जोशीले झिलमिला तालको सरक्षणदेखि धार्मिक पर्यटकीय गन्तव्य बनाउनका लागि ज्ञान महासंघ तथा श्रृङारिक महाआरती संचालन भएको बताए । उनका अनुसार शास्त्री उमाकान्त अवस्थी कथा बाचक रहेका छन । १३बैशाखसम्मै संचलन हुने महायज्ञमा विवित धार्मिक कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुस