कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा शुरु भएको छ । नेपाल बैंक लिमिटेडले भीमदत्त नगरपालिका १८महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा एटिएम सेवा शुरु भएको हो । सोमबारदेखि अस्पतालको मुल गेटमा एटिएम सेवा शुरु गरिएको बैंकले जनाएको छ ।
नेपाल बैैक सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका उपप्रमुख कमल बहादुर चन्दले बिरामी सेवाग्राहीको आवश्यकतालाई मध्यनगर गर्दै एटिएम सेवा शुरु गरिएको बताए । ‘बिरामीको उपचार सहजका लागि हामीले एटिएम सेवा अस्पतालमै दिएका छौँ, ‘यो सेवा निरन्तर संचालन हुन्छ ।’
उपप्रमुख चन्दका अनुसार झण्डै ६ बर्ष अघि तत्तकालिन महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)को कार्यकालमा एटिमएम राख्ने निर्णय अनुरुप सरचना बनाईएको थियो । महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले एटिएम सेवा शुचारु भएसंगै बिरामीलाई सुविधा पुगेको बताए । बिरामीका आफन्तले समेत एटिएम सेवा अस्पतालमै शुरु भएपछि उपचारमा सुविधा भएको बताएका छन ।