महेन्द्रनगर । कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका–६ मा सडक कालोपत्रे सडक योजनाहरु अन्तिम चणमा पुगेका छन् । चाुल आर्थिक वर्षमा करिब ५ किलोमिटर सडक कालोपत्रे गरिएको वडा कार्यालयले जनाएको छ । दोधरा चाँदनी नगरपालिका–६ का वडाध्यक्ष ओम बस्नेतले एकै पटक विभिन्न टोलमा सात वडा सडक कालोपत्रेका योजना सञ्चालन गरिएकोमा अधिकांश सम्पन्न भईसकेको बताए । उनका अनुसार केही नयाँ सडक खोलेर कालोपत्रे गरिएको छ भने अन्य ग्राभेलसँगै पानी पिचसहित कालोपत्रे गरिएको छ ।
दोधरा चाँदनी नगरपालिका–६ स्थित सोनाखरी–संगम चोक हुदैँ बोगटी टोलसम्म दुई दशमलव पाँच किलोमिटर सडक कालोपत्रेका लागि काम भईरहेको छ । त्यस्तै संगम चोक देखि गलमेली टोलसम्म पाँच सय मिटर सडक कालोपत्रे गरिएको छ । त्यस्तै गुरुङ्ग टोलमा चार सय मिटर र प्रधान टोलमा पाँच सय मिटर सडक कालोपत्रे गरिएको छ । भने भैरवथान–पत्थरनाला पाँच मिटर, पथ्थरनाला– बन्दाघाटसम्म ठेक्कामार्फत सडक कालोपत्रेको काम भईरहेको छ ।
मिलन चोक देखि फिल्म हलसम्म दुई सय मिटर सडक कालोपत्रे गरिएको वडाध्यक्ष बस्नेतको भनाई छ । वडाका सडक स्तरोन्नती गरि चालु आर्थिक वर्षभित्रका काम सम्पन्न गरि सक्ने लक्ष्य रहेको छ । वडाध्यक्ष बस्नेतले संघ र प्रदेश सरकारको बजेट अन्तरगत करिब चार करोड बजेट चार दशमलव पाँच किलोमिटर बढी सडक कालोपत्रेका लागि योजना सञ्चालन गरिएको बताए ।
“कच्ची सडक हुदाँ स्थानीइले सास्ती खेप्नु परेको थियो ।” वडाध्यक्ष बस्नेतले “केन्द्रदेखि प्रदेशसम्म धाएर सडक कालोपत्रेका लागि बजेट विनियोजन गराउन सफल भएका छौँ, यसै आर्थिक वर्षमा सडक कालोपत्रेको काम सम्पन्न हुन्छ ।” वडाका अन्य सडक स्तरोन्नतीका लागि चाँडै योजना सुरु गरिने उनको दावि छ । सडक कालोपत्रे हुन थालेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
पक्की सडक नहुदाँ बालबालिका लागि विद्यालय पठाउन समेत समस्या हुने गरेकोमा कालोपत्रे सडक निर्माणपछि सहज भएको स्थानीयको भनाई छ । स्थानीय भक्त बहादुर थापा धेरै वर्षपछि टोलमा सडक कालोपत्रे भएकोमा खुसि व्यक्त गरे । उनले सडक कालोपत्रे भएपछि यातायातमा सहज भएको बताए । ‘ग्राभेल सडक जिर्ण हुदाँ एम्बुलेन्स समेत आउने बाटो थिएन् ,अहिले घरमै स्कुल बससहितबाट चार पांग्रे सवारी साधन चल्न थालेका छन् ।’
उनले भने । ‘वडामा ओम बस्नेत ज्यू आएपछि राम्रो काम भएको छ ।’ त्यस्तै भैरवथान टोलमा विवादका कारण लामो समयदेखि सडक निर्माण हुन सकेको थियो । वडाध्यक्ष बस्नेतकै पहलमा विवाद समाधान गरि अहिले सडक कालोपत्रे गरिएको छ । स्थानीय अयल बहादुर राना मगरले भने ‘पहिलो देखि सडक विवादित थियो, विवादकै कारण सडक बन्न सकेको थिएन, वडा कार्यायलले स्थानीयसँग छलफल गराएरपछि विवाद समाधान भयो ।’
उनले अगाडी थपे ‘पक्की सडक बनेपछि यातायातमा सहज भएको छ ।’ त्यस्तै पत्थरनाला जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय हर्षित भएका छन् । स्थानीय सुमिता साउदले वर्षादमा हिलाम्य हुने पत्थर नाला सडक कालोपत्रे भएपछि यातायातमा सहज हुने विश्वास व्यक्त गरिन् । सडक पुर्वाधार निर्माणसँगै वडाको समग्र विकासका लागि वडा कार्यालयले काम गदैँ आईरहेको छ ।