कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आधुनिक जिम हाउस संचालन गरिएको छ । भीमदत्त नगरपालिका १८ वागबाणी जिम हाउस तेक्वान्दो डोजाङ्ग संचालन गरिएको हो । औपचारिक उद्घाटन गर्न बाँकी रहेपनि मंगलबारदेखि संचालनमा आएको जनाईएको छ ।
जिम हाउस तेक्वान्दो डोजाङ्गका संचालक हेम बहादुर बस्नेतले स्वास्थ्य जिवनका लागि बालबालिकादेखि युवाहरुका लागि जिम हाउस संचालनमा ल्याएको बताए । उनका अनुसार किशोरदेखि युवा पुस्ता कुलतमा फसेपछि जोगाउनका लागि जिम हाउस संचालनमा ल्याएको छ । डमी सहितका खेलकुदका आधुनिक समाग्री सहित जडित जिम हाउसमा खेलाडीको आकर्षण बढिरहेको छ ।
प्रतिक्रिया दिनुस