कञ्चनपुर । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका घटक जातिय संघ संस्थाहरुले बेलडाँडी ३ खैरिघाट कमरीका हरिकिसन रानाको मृत्यु प्रकरण सत्यतथ्य छानबिनको माग अघि सारेको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष, विकास श्रेष्ठले महासंघमा घटक जातिय संघ संस्थाहरुले संयुक्त रुपमा हरिकिसन रानाको मृत्यु प्रकरण सत्यतथ्य छानबिनको माग अघि सारेको बताए ।

कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३ खैरिघाट कमरीका किसान हरकिसन राना मंगलबार बिहान मृत फेला परेका थिए । जातिय घटकहरुले बुधबार एक विज्ञप्ती जारी गर्दै बैलौरी नगरपालिका वडा नं. १० मसान घाट कलकत्ता नजिकै सड़कमा मृत फेला परेको र घटना शंकास्पद तथा रहस्यमय रुपमा रहेकोले उक्त घटनाको सत्य, तथ्य छानविनगरी दोषी माथि कड़ा कारवाहीगरी पिडित परिवारलाई उचित किसिमको न्याय दिलाउन माग गरेको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले बताए ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुर लगायत सम्पूर्ण जातिय घटकहरुको तर्फबाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, प्रहरी प्रशासन सहित सम्बन्धित सरोकारवाला निकायहरुलाई ध्यानाकर्षण गराएका हुन । त्यसैगरी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहलाई समेत दोषीलाई कारवाहीको मागका लागि ज्ञापनपत्र समेत बुझाएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष, विकास श्रेष्ठ, नेपाल रानाथारु समाज कञ्चनपुरका अध्यक्ष प्रेमवती राना, नेपाल उरांव समाज कञ्चनपुरका अध्यक्ष अनिल उरांव, थारु कल्याण कारीणी सभा कञ्चनपुरका अध्यक्ष सानु चौधरी, नेपाल मगर संघ कञ्चनपुर का.वा. अध्यक्ष केशव राना मगर, नेपाल आदिवासी जनजाति महिला महासंघ कञ्चनपुरका अध्यक्ष भारती चौधरी सहितले सत्य तथ्य छानविनगरी दोषीमाथि कारवाहीको माग गरेका छन । घर परिवारले भने नियन्त्रणमा लिएर बन्दी बनाएर हत्या गरेको छानबिनको माग अघि सारेका छन ।

प्रतिक्रिया दिनुस