कञ्चनपुर । होली फेम्ली स्पोर्टस एकेडेमीले विद्यार्थीलाई निःशुल्क क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण(तालिम) दिएको छ । भीमदत्त नगरपालिका–१० जिमुवा, तिलकेनीको होलीफेम्ली स्कुल प्राङ्गणमा क्रिकेट तथा तेक्वान्दो प्रशिक्षण क्याम्प शुरु गरेको हो । होलीफेम्ली स्कुलकै उक्त होलीफेम्ली स्पोर्टस एकेडेमीले क्रिकेट र तेक्वान्दो खेलाडीहरुका लागि अभ्यास कार्यक्रम ल्याएको जनाएको छ । होली फेमली स्कुलका असिस्टेन्ट म्यानेजर एवं होली फेम्ली स्पोर्टसका उपाध्यक्ष महादेव प्रशाद भट्टले खेलाडी उत्पादनका लागि निःशुल्क रुपमा ग्रामिण भेगका विद्यार्थी खेलाडीलाई तालिम लिएको बताए ।

उनका अनुसार क्रिकेट टे«निङ्ग तथा तेक्वान्दो प्रशिक्षण गराईएको छ । होलीफेम्ली स्कुलका असिस्टेन्ट म्यानेजर एव होली फेम्ली स्पोर्टसका उपाध्यक्ष भट्टले गुणस्तरीय शिक्षाका साथै निःशुल्क खेलकुद प्रशिक्षणलाई निरन्तरता दिदै आएको विद्यालयले अहिले पनि थप स्तरीय कार्ययोजनाको साथ कार्यक्रम ल्याएको बताए । भट्टले होली फेमली स्कुलका संस्थापक एवं होली फेम्ली स्पोर्टसका अध्यक्ष भुपाल विष्टले शिक्षा र खेलकुद क्षेत्रलाई उच्च प्राथमिता राखेको बताए ।

सोही अनुरुप अहिलेको तालिम सहितका बेला बेलामा प्रशिक्षण कार्यक्रम निरन्तर भईरहेका छन । दुवै खेलविद्यातर्फ झण्डै ३सय विद्यार्थी खेलाडीको सहभागिता रहेको जनार्ईएको छ । बुधबार एक कार्यक्तमका विच समापन गर्दै कार्यक्रमका प्रमुख अथिति समेत रहेका कञ्चनपुर क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले विद्यालयको उक्त स्पोर्ट एकेडेमीले संचालन गरेको कार्यक्रमले खेलकुद क्षेत्रको बृद्धि विकास हुने बताए ।

खेल क्षेत्रको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफुलाई चिनाउन सफल भएका खेलाडिहरुलाई सम्झदै आफु र आफ्नो टिम सदैव खेलाडीहरुको उज्जवल भविष्यको लागी निरन्तर खटिने प्रमुख अतिथि चन्दको भनाई छ । कञ्चनपुर तेक्वान्दो संघका उपाध्यक्ष राजेन्द्र केसीले खेलकुद क्षेत्रकै खेलकुद विकासका लागि टेवा पुग्ने बताए । उनले सिकेको सीप सदुपयोगमा समेत जोडदिएका छन ।

तेक्वान्दो प्रशिक्षक मोहन प्रताप गुरुङ्गले शिक्षा सगै स्वास्थ्य रहनको लागि खेलकुद पनि अनिवार्य रहेकाले अन्य विद्यालयहरुले पनि यस बिषयमा केन्द्रित हुनुपर्ने बताए । होली फेमली स्कुलका प्रिन्सिपल नारायण दत्त भट्टले विद्यालयले खेलकुद क्षेत्रमा समेत लगानी गरेको बताए । उनले खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरेको बताए । ‘यो उपलब्धी हो, ‘उनले भने, ‘प्राप्त उपलब्धी खेलाडीले ठाँउमा प्रस्तुत गर्नुपर्छ ।’

क्रिकेट संघ कञ्चनपुरका सचिव विशाल सोनारले खेलकुदमा विद्यालयबाट भएको प्रयास सरानिय भएको बताए । खेलाडीको उज्जल भविष्यका लागि गरिएको प्रयासबाट खेलकुद विकासमा टेवा पुग्ने बताए । खेलाडीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । निशुल्क तालिम पाएका खेलाडीले थुप्रै खेलकुदका विषय सिकेको बताएका छन । क्रिकेटका खेलाडी दिनेश कार्कीले विद्यालयबाट निःशुल्क क्रिकेट तालिम पाएपछि हर्षित भएको बताउँदै उनले ब्याटिङ्ग, बलिङ्ग, फिल्डिङ सहितका विषय सिकेको बताए ।

तेक्वाण्डोकी खेलाडी हेमा जोशीले आत्मरक्षा बारे ज्ञान हासिल गरेको बताईन । क्रिकेट तर्फ सन्तोष भट्ट, तेक्वाण्डो तर्फ गोबिन्द थापाले प्रशिक्षण गरेका थिए । अभिभावकहरुmले समेत होलीफेम्ली स्कुलका संचालक एव स्र्पोट एकेडेमीका अध्यक्ष भुपाल सिह विष्टले यस क्षेत्रको खेलकुद विकासका लागि नियमित पठनपाठनका साथै खेलकुदको विकासका लागि टेवा पु¥याउँदैै आएको बताएका छन । शिक्षक हरिश ठगुन्नाले संचालन गरेको कार्यक्रममा विभिन्न सरोकारवाला शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस