कञ्चनपुर । योङ्ग कम्युनिष्ट लिग(नेपाल) पुनर्वास नगरकोे अध्यक्षमा आयुसंग बस्नेत चयन भएका छन । बिहीबार नेकपा माओवादी केन्द्र निकट वाईसियल पुनर्वास नगरको दोस्रो नगर अधिवेशनबाट बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य कमिटि चयन गरिएको हो । वाईसियल कञ्चनपुरका इन्चार्ज रघुबिर धामी(तुफान)ले सहमतीय आधारमा वाईसियल पुनर्वास नगर कमिटि विस्तार गरिएको बताए । उपाध्यक्ष सालिम तामाङ्ग, प्रवेस राना, सचिव सुनिल कोली, सह सचिव पार्वती बडू लगायतका रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुप प्रदेश इन्चार्ज ओम बिक्रम भाट(सरल), वाईसियल सुप प्रदेश इन्चार्ज मिन बहादुर घर्ती मगर, वाईसियल केन्द्रीय सचिव अर्जुन साउद, जिल्ला इन्चार्ज रघुबिर धामी, संयोजक तिलक जप्रेल, पुनर्वासका स्थानीय माओवादी नेताहरुले वाईसियल नगर कमिटिमा चयन भएका पदाधिकारी एव सदस्यहरुलाई राष्ट्र, जनता र युवाका हितमा काम गर्न आब्हान गरेका छन ।