धनसिह धामी
कञ्चनपुर । लोकतन्त्र दिवसको अवसरमा कञ्चनपुर महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघले बिहीबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रक्तदानदेखि प्राथमिक उपचार शिबिर संचालन गरेको हो ।
संविधान चोकमा नेपाल लोकतान्त्रिक खेलकुद संघले मन्त्र अस्पताल र रेडक्रम सोसाईटीसंगको सहकार्यमा रक्तदानदेखिका कार्यक्रम गरेको जनाएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ कञ्चनपुरका अध्यक्ष राजेन्द्र केसीले लोकतन्त्र दिवसको अबरमा रक्तदान, प्राथमिक स्वास्थ्य उपचार शिबिर संचालन गरेकोे बताए ।
उनका अनुसार रेडक्रससंगको सहकार्यमा २४ जनाले रक्तदान गरेका छन । भने, मन्त्र अस्पतालले प्राथमिक उपचार, ब्लडप्रेसर, सुगर परीक्षण, रक्त समुह पहिचान एव स्वास्थ्य परार्मस गरिएको छ । मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक डा. गोबिन्द रोकायाले दिवसको अवसरमा नागरिकलाई निःशुल्क सेवा प्रदान गरेको बताए । नेपाल रेडक्रस सोसाईटीका स्वास्थ्यकर्मी नरेन्द्र राज जोशी सहितको प्राविधिक टिमले रगत संकलन गरेका थिए । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले लोकतन्त्र दिवसको अवसरमा नेपाल लोकतान्त्रिक व्यवसायीद्वारा आयोजित नागरिक स्वास्थ्यको कार्यक्रम प्रभावकारी भएको बताए ।