कञ्चनपुर । जनयुद्धमा श्रीमान् पुस्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बास बस्नुभयो । कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतिबस्तीस्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो। खिमा शर्मा अहिले आफ्नो जेठो छोरा शर्मासँग बस्दै आउनु भएको छ । जनयुद्वमा यस ठाउँबाट ज्यान उत्सर्ग गरेका १५ जना सहिदमध्ये खिमा शर्माको परिवार पनि एक हो।
प्रतिक्रिया दिनुस