नरेश राना
कञ्चनपुरको लालझाडी गाउँपालिकामा एक जना मृत फेला परेका छन् । लालझडी गाउँपालिका वडा नं ४ सिकलपट्टीजाई शिविरको मोटर घाट नजिक सडक छेउमा केराबारी नजिक लालझडी गाउँपालिका वडा नं ४ सिकलपट्टीजाईका राम रेसर राना मृत अवस्थामा भेटिएका हुन ।
आज बिहान सडकको छेउमा साईकल सहित ३५ बर्षका राम रेशर मृत अवस्थामा फेला परेका छन् । स्थानीयहरुले रानालाई कसैले मारेको आशंका गरेका छन । घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाहीको समेत स्थानियले माग गरेका छन् ।
उक्त घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुस