कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) कञ्चनपुरका एक क्रिरियापुत्रीका घरमा पुगेका छन । प्रितिशोकममा रहेका माओवादी केन्द्र बेदकोट नगरका अध्यक्ष लाल परियारको घरमा माओवादी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्ड पुगेका हुन ।

हुलाकी राजमार्ग केन्द्रीत माओवादीको जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान समापनका लागि कञ्चनपुर पुगेका प्रचण्ड परियारकोे घरमा पुगेका थिए ।

बेदकोट नगरपालिका ७लालपुर बुधबार दिउँसो परियारको घरमा पुगेर प्रचण्डले शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन । समाजसेवी समेत रहेका स्व. बिरसिह परियारका छोराहरु लाल परियार, बीर बहादुर परियार, अनिल कुमार परियार, शिव कुमार परियार क्रिरियामा बसेका छन । शोकको घडीमा समवेदना प्रकटका लागि माओवादी अध्यक्ष प्रचण्ड सहितका नेता कार्यकर्ताहरु घरमै पुगेर समवेदना प्रकट गरेपछि परिवारजनले आभार प्रकट गरेका छन ।

 

 

प्रतिक्रिया दिनुस