विकास सिह महता

कञ्चनपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताएका छन । बुधबार जनतासंग माओवादी तराई मधेश जागरण अभियानको कञ्चनपुर महेन्द्रनगरमा समापन गर्दै प्रचण्डले भ्रष्टाचारी जोगाउन आफ्नो नेतृत्वको सरकार ढालिएको बताए ।

‘हाम्रो नेतृत्वमा सरकारले एक पछि अर्को सुशासनका क्षेत्रमा सकारात्मक काम गर्दै गएपछि यो विचौलिया, दलाल र नोकरकशाहलाई पचेन, ‘उनले भने, ‘त्यही भएर रातको अध्यारोमा सरकार ढालियो, अहिलेकोे सरकार भ्रष्टाचार बनाउन लागेको छ ।’ प्रचण्डले आफ्नो नेतृत्वको सरकारले उत्तरमा चीनसंग जोड्ने नाका विस्तारदेखि भारत, बङलादेशविच विद्युत व्यपार सम्झौता अघि बढेको बताए । अहिलेको सरकार शिक्षकमाथि दमन गर्न उद्यत रहेको बताए ।

‘सरकारले आन्दोलनरथ शिक्षकका माग पुरा गर्नुकोे साथो दमनमा उत्रिएको छ, ‘उनले भने, ‘आफैले ल्याएको विधेयक आफुले नै सदनमा सार्वजनिक प्रस्ताव दर्ता गरेपछि वार्ताको वातावरण भएको छ ।’ गत फागुनदेखि माओवादीले शुरुवात गरेको अभियान माओवादीको मात्रै नरहेको बताउँदै प्रचण्डले राष्ट्रिय अभियान नै भएको दावि गरेका छन ।

अभियानका क्रममा किसान, मजदुर, सहिददेखिका आम सर्वसाधारणसंग प्रत्यक्ष सम्वाद गरेको बताए । यस अघि माअोवादीका नेता स्व. पोष्ट बहादुर बोगटीले उर्जा, जलस्रोत मन्त्रालय सम्हाल्दा पश्चिम सेती परियोजना अघि बढाउने योजना भएपनि पछिल्ला सरकारले बढाउन नदिएको बताए ।

पञ्चेश्वर परियोजना कुनैपनि हालतमा सफल पारिने प्रचण्डको उद्घोष छ । आफु प्रधानमन्त्री हुँदा सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, पूर्वाधार तर्फ थुप्रै योजना अघि बढेकोे बताउँदै प्रचण्डले कञ्चनपुरको पुनर्वासमा प्राविधिक शिक्षालय निर्माण गरिने बताए । प्रचण्डले आर्थिक क्रान्ति गरेर समाजवाद अभियान सफल पार्नका लागि माओवादीलाई साथ दिन समेत अपिल गरेका छन ।

प्रतिक्रिया दिनुस