कञ्चनपुर । कञ्चनपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले पुर्व प्रधानमन्त्री एव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)संग भेटघाट गरेका छन ।

हुलाकी राजमार्ग केन्द्रीत माओवादीको जनतासंग माओवादी तराई–मधेश जनजागरण अभियान समापनका लागि कञ्चनपुर पुगेका प्रचण्डसंग उद्योग वाणिज्य संघका पदाधिकारीहरुले भेटघाट गरेका हुन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी, पुर्व अध्यक्ष हेमराज पाण्डेय सहितका पदाधिकारी, सदस्य एव उद्योगी, व्यवसायीहरुले भेटेर आर्थिक सम्बृद्धिका क्षेत्रमा काम गर्न आग्रह गरेका छन ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले पुर्व प्रधानमन्त्रीसंग पश्चिमी नाका विस्तारका लागि प्रचण्डको ध्यानाकर्षण गराएका छन ।

अध्यक्ष जोशीले दोधाराचाँदनी सुक्का बन्दरगाह शिघ्र विस्तारका लागि जोडदिएका छन । पश्चिमी नाका विस्तारसंगै भारतीय पर्यटकहरुलाई समेत नेपाल भित्र्राउन सकिने भएकाले नेपालको आर्थिक सम्बृद्धिका लागि टेवा पुग्ने भएको यथाशिघ्र नाका संचालन गर्न अग्रह गरेका छन ।

प्रचण्डले माओवादीकै परिकल्पना अनुरुप दोधाराचाँदनीलाई भारतसंग जोडेर देशको सम्बृद्धि विकासका लागि अघि बढाउने योजना कार्यान्वयनमा प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया दिनुस