काठमाडौं । देशैभर करिब एकघण्टा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरणले ढल्केबर सबस्टेशनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्या भएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारले भने, ‘भारतबाट विद्युत् आयात गर्ने ढल्केवर–मुजफ्फपुर प्रसारण लाइनमा समस्या आउँदा विद्युत प्रसारणमा समस्याआई विद्युत् प्रणाली अवरुद्ध भएको हो,’

 

उनले देशको पूर्वी तथा मध्य भागका धेरै क्षेत्रमा एकैपटक विद्युत् प्रसारण अवरुद्ध भएको बताए । भारतपट्टीको क्षेत्रमा समस्या आउँदा यहाँ विद्युत् आपूर्ति हुन नसकेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुस