आदित्य जोशी :महालक्ष्मी विकास बैंक लि. को ३१ औँ वार्षिकोत्सव बिभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । महालक्ष्मी विकास बैंकले आफ्नो ३१ औँ वार्षिकोत्सव सप्ताह ब्यापी कार्यक्रम गरि मनाएको हो ।
महालक्ष्मी विकास बैंक यहि जेष्ठ ०७ गते ३१ औं वर्पमा प्रवेश गरेको अवसरमा जेष्ठ ०४ गते देखी जेष्ठ १० गते सम्म सप्ताहब्यापी रुपमावार्षिक उत्सवमनाउने क्रममा महिला उद्यमीहरुलाई देशै भरीका विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ ।
वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्धेश्य सहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रिय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रमहरु मार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।
साथै बैंकले जेष्ठ ७ गते बुधबार केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै बैंकको केन्द्रिय कार्यालय मा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ । त्यस्तै केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु त्था शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभात फेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।
वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको र विगत ३ बर्षदेखि सफलता पुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला ( महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, श्रृङखला ४) २४ टिमको सहभागितामा बैैंकले जेष्ठ २१, २२, २३ र २४ गते सञ्चालन गर्ने छ ।
यसैगरि कञ्चनपुरमा पनि महालक्ष्मी विकास बैंक लि.को कञ्चनपुर शाखाले कञ्चनपुरको बेदकोट ७ मा रहेको बैजनाथ धाम तथा बृद्धाश्रम सेवा समितिलाई लत्ताकपडा, खाद्यान्न, तरकारी तथा फलफुल लगायतका सामान बितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त समान बितरण गरेको शाखा प्रमुख पहल ठकुल्लाले बताए । कञ्चनपुरको बेदकोट ७ र ८ रौटेला गाउजि मा रहेको बैजनाथ धाम तथा बृद्धाश्रम सेवा केन्द्रमा रहेको बृद्ध आमा बुवाहरुको लालनपालनमा सहज होस भन्ने उदेश्यले बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा सहयोग गरेको उनले बताए । उक्त कार्यक्रममा बैंकका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि र स्थानिय जनप्रतिनिधिहरु तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कञ्चनपुरमा पनि महालक्ष्मी विकास बैंक लि.को केन्द्रिय कार्यक्रम अनुसार नै अन्य कार्यक्रमहरु पनि सम्पन्न गरिएको उनले जानकारी दिए ।