19Shares
facebook sharing buttonमहेन्द्रनगर । कञ्चनपुरमा सुविधा सम्पन्न नेशनल प्याथ ल्याव एण्ड रिसर्च प्राली संचालनमा आएको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै उक्त ल्यावको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री माननिय मेघराज खडकाले उदघाटन गर्नु भएको छ ।

सम्पुर्ण परिक्षण तथा प्रयोगशाला अब स्वदेशमै भन्ने मुल नाराको साथमा उक्त ल्याव संचालनमा आएको हो । प्याथ ल्यावका अध्यक्ष रुद्र कार्कीले विगत १३ वर्षदेखी देशका विभिन्न क्षेत्रमा ल्यावको संचालन गर्दैगर्दा आज महेन्द्रनगरमा १२ औ ल्यावको विधीवत रुपमा उदघाटन गरी संचालनमा ल्याएको बताउनु भयो ।

आफुपनि स्वास्थ्यकर्मी भएको नाताले नेपालमा सबै प्रकारका जाँचहरु नहुने बाहिर पठाउनु पर्ने समस्या रहेको अवस्थामा अहिले नेशनल प्याथ ल्यावले अब देशमा सबै परिक्षण गरी सेवा दिने बताउनु भयो ।

नेशनल प्याथ ल्यावका प्रबन्ध निर्देशक पवन जोशीले विगत १२ वर्षदेही यही क्षेत्रमा रहेकोयो नेशन प्याथ ल्याव २ वटा ए गे्रडका र १० वटा बी गे्रडका प्याथ ल्याबबाट सेवा दिई रहेको बताउनु भयो ।

यो प्याथ ल्यावले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्विकृत प्राप्त गरेको ल्याव रहेको र स्वास्थ्यलाई अतिआवस्यक पर्ने जाँचहरु १ देखी २ भण्टा भित्रै रिपोर्ट प्रदान गर्नेगरी सेवा दिने बताउनु भयो ।

साथै उहाँले विरामीहरुको जिवन जोगाउनका लागि गुणस्तरिय रिपोर्ट सहुलियत दरमा समयमा रिपोर्ट प्रदान गर्ने गरी सेवा दिने बताउनु भयो ।

साथै उक्त प्याथ ल्यावले प्रत्येक महिनाका तिनदिन निशुल्क रुपमा सुगर, मृगौला सम्बन्धि जाँच पनि गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुस