काठमाडौं मंसिर ७ , भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि समेटेको चर्चा चलेसँगै गायक राम कुमार कार्कीको देशभक्ति गीत ‘कालापानी हाम्रै हो’ सार्वजनिक भएको छ। भारतले जारी गरेको राजनीतिक नयाँ नक्सामा नेपाली भूमि लिपुलेक र कालापानी पनि समावेश गरिएपछि नेपालमा चर्को विरोध हुँदै आएको छ।

गीतले मिचिएको सीमा फिर्ता गर्न सबै नेपाली एकसाथ जुटौँ भन्ने सन्देश दिन खोजेको छ। राजेन्द्रकुमार कार्कीको शब्द र रामकुमार पौडेलको लय सिर्जना रहेको छ। गीतमा रामकुमार कार्की, रामकुमार पौडेल, राजेन्द्रकुमार कार्की, कमला खड्का र पुजा विश्वकर्माको स्वर दिएका छन्।

रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्षसमेत रहेका रामकुमार पौडेलले मिचिएको सिमाना रक्षा गर्न एकजुट हुनुपर्ने सन्देश दिन गीतमार्फत आवाज उठाएको बताए। उनले भने, ‘भारतको विस्तारवादी सोच सामू झुक्न नहुँने भन्दै नेपाली कला क्षेत्रबाट सचेत गराउन हामीले गीत निकालिका बताए ’। अन्नपुर्ण पोष्ट बाट

प्रतिक्रिया दिनुस