कञ्चनपुर, मंसिर८ ,कञ्चनपुरका रहेका ६ हजार उखु किसानले अझै अनुदानको रकम पाएका छैनन् । पाँच हजार ५९४ उखु किसानले गत बर्षको अनुदान रकम नपाएका हुन् । सरकारले गत बर्षदेखि अफैले किसानलाई प्रतिक्विन्टल ६५ रुपैया अनुदान दिने घोषणा गरेको थियो ।
पुर्वतिरका चिनीमिलले सरकारले किसानलाई दिने अनुदान सहित किसानको उखुको मुल्य समेत नदिएपछि सरकारले आफैले सिधै किसानलाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेको थियो, तर कञ्चनपुरका दुई चिनी उत्पादक उद्योगले किसानलाई उखुको मुल्य भुक्तानी गरेको बर्षदिन वितिसक्दा पनि सरकारबाट पाउने अनुदान भने अझै पाईएको छैन् ।
मंसिर पहिलो सातासम्म पनि किसानले अनुदानको रकम पाएका थिएनन् । बेलौरी नगरपालिका १० शिवनगरको महाकाली सुगर ईण्डष्ट्रिज प्रालिमा तीन हजार १७४ र पुर्नवास नगरपालिका २ आईबिआरडीको भागेश्वर सुगर एण्ड केमिकल प्रालिमा दुई हजार ४१८ किसानले उखु बिक्रि गरेका थिए । करिब ६ हजार उखु किसानले दुवै चिनिमिलमा झण्डै ४२ लाख क्विन्टल उखु बिक्रि गरेका थिए ।
गत बर्ष भागेश्वरले १९ लाख २० हजार र महाकालीले २२ लाख ८० हजार क्विन्टल उखु खपत गरेको थियो ।
महाकालीले दैनिक २२ हजार क्विन्टल उखु खपतको क्षमता रहेपनि कच्चा पदार्थ अभावका कारण १९ हजार मात्रै खपत गरिरहेको छ, भने २५ हजार क्विन्टल क्षमता विस्तार गरेको भागेश्वर चिनिमिलले दैनिक १६ हजार मात्रै उखु खपत गरिरहेको छ । नगदेबालीको रुपमा रहेको कञ्चनपुरका १३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन गरिन्छ, तर पनि दुवै उद्योगका लागि आवश्यक कच्र्चा पदार्थ अभाव हुँदै गएको छ । १० बर्ष अघि अर्थात ०६७ सालमा संचालनमा आएको महाकालीले बार्षिक एक लाख ८० हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको छ, भने तीन बर्ष अघि अर्थात ०७२ सालदेखि संचालनमा आएको भागेश्वर चिनिमिलले बार्षिक एक लाख ५२ हजार क्विन्टल चिनी उत्पादन गरिरहेको छ । सीमा क्षेत्रका यि दुवै चिनिमिलले स्थानीय भन्दा पनि बाह्य बजारमा प्रतिकेजी ६० रुपैयाका थोक दरमा सप्लायर्स गर्दै आएका छन् । सरकारले चिनी उद्योगलाई १३ प्रतिशत भ्याट मध्ये ९० प्रतिशत छुट गराएर किसानलाई प्रति क्विटल ६५ रुपैया अनुदान सम्बन्धीत उद्योगबाट वितरण हुन्थ्यो, भने अहिले सरकारले उद्योगबाट १३ प्रतिशतको सत प्रतिशत भ्याट लिएर त्यसबाट आफैले अनुदान रकम वितरण गर्न प्रयास थालेपछि ढिलाई भएको हो ।
महाकाली र भागेश्वर दुवै उद्योगले किसानको रकम भुक्तानी गरिसकेको र सरकारबाट किसानले पाउने अनुदानमा ढिलाई भएको जनाएका छन् । दुवै उद्योगले किसानलाई बैंक मार्फत रकम भुक्तानी गरिसकेको जनाएका छन् ।
भागेश्वर सुगर एण्ड केमिकल प्रालिका प्रबन्ध निर्देशक शंकर बोगटीले सरकारको उदाशिनतका कारण किसान मात्र होईन उद्योगमा समेत प्रभाव परेको बताए ।‘विगतका बर्षहरुमा हामी नै अनुदान वितरण गथ्यौँ, ‘उनले भने, ‘गत बर्षदेखि सरकारले आफै वितरण गर्छु भनेर किसानलाई मारमा पारेको छ ।’
छिमेकी मुलुक भारतमा समेत उखु किसानका लागि मल बिउबिजनदेखि विभिन्न उपकरणमा सहुलियत भएपनि नेपालमा यस्ता प्रोत्साहनका कार्यक्रम नहुँदा खुलेका उद्योगले समेत क्षमता अनुसार कच्र्चा पदार्थ नपाएको दुखेसो पोखे । ‘हाम्रो उद्योगको क्षमता दैनिक २५ हजार क्विन्टल उखु हो, तर १६ हजार मात्रै खपत गरिरहेका छौँ, ‘उनले भने, ‘यस्तो अवस्थामा कच्चा पदार्थ अभाव हुँदा उद्योगलाई नै धक्का पुग्छ ।’ उनले किसानका लागि उन्नत जातको बिउका साथै उपकरण समेत दिएको बताए ।
महाकाली सुगर ईण्डष्ट्रिज प्रालिका प्रशासन प्रमुख कालुसिह बहादुर ठगुन्नाले उद्योगले सबै किसानको भुक्तानी गरिसकेको बताए । ‘हामीले भुक्तानी गतबर्षनै गरिसके तर सरकारले किसानको अनुदान अझै दिएको छैन, ‘उनले भने, ‘अर्को बर्षका लागि उखु बिक्रि गर्ने समय पनि आईसक्यो ।’ उनले पनि उद्योगलाई चाहिने जति कर्चा पदार्थ खपत गर्न समस्या भएको बताए । ‘हामीलाई दैनिक २२ हजार क्विन्टल हो, ‘उनले भने, ‘हामीले दैनिक १९ हजार खपत गरिरहेका छौँ ।’ प्रशासन प्रमुख ठगुन्नाले किसानलाई प्रोत्साहनका लागि उन्नत जातको उखुको बिउ वितरण गरेको बताए । उनका अनुसार ०२३८, ०२७२, ०३१०१ लगायतका उन्नत जातको बिउ वितरण गरिएको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी शुशिल कुमार बैद्यले अनुदान रकम जिल्लामा पुगिसकेकाले अर्को साताभित्रै वितरण गरिने बताए । ‘उखु किसानको अनुदान रकम आएको छ, ‘उनले भने, ‘आवश्यक प्रकृयामा हुँदा एक दुईदिनमै वितरण गछौँ ।’
कञ्चनपुरको दक्षिणी भेगमा उखु उत्पादन हुने झण्डै ५ हजार विगाह भन्दा बढि जमिन सिमसारमा परिणत हुँदा समेत किसानलाई उखु खेती गर्न समस्या भएको छ । बेलडाँडीका किसान बीर सिह धामीले उखु उत्पादन गर्ने खेत भएपनि सिमसार हुँदा खेत बाँझै रहेको दुखेसो पोखे । ‘सरकारले खेत बाँझो नराख्ने नीति लिएको छ, ‘उनले भने, ‘सिमसारले हाम्रा खेत बाँझै छन्, हामीले यस्तोमा कसरी खेतीपाती गर्ने ।’
सिमसार व्यवस्थापनका लागि सम्बन्धीत निकायमा धाउदा समेत सुनुवाई नभएका कारण उखु उत्पादन हुने खेत घाँसेमैदानमा परिणत भएका हुन् । त्यसैले पनि दुवै उद्योगले आवश्यकता अनुसार कच्चा पदार्थको अभाव खेपिरहेका छन् । गतबर्षकै अनुदान वितरण नगरेको सरकारले यस बर्ष किसानले उखु बिक्रि गर्ने समय नजिकिदै जाँदा पनि उखुको मुल्य निर्धारण गरेको छैन् । मंसिर दोस्रो सातादेखि दुवै चिनी उत्पादन गर्ने उद्योग संचालनमा आउने भएका छन् । तर, पनि सरकारले उखुको सर्मथन मुल्य निर्धारण गरेको छैन् । गत बर्ष लक्कट प्रति क्विन्ट ४५१, समान्य ४७५ र उन्नतको ५०१ रुपैयामा किसानले उखु बिक्रि गरेका थिए । यस बर्ष अझैसम्म पनि उखुको मुल्य निर्धारण नहुँदा किसान अन्यौलमा परेका छन् ।
उखु किसान समेत रहेका खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले सरकारले किसानलाई दिने भनिएको अनुदान रकम घोषणामै सिमित रहेको टिप्पणी गरेका छन् । अनुदान लिने प्रकृया समेत झन्झटिलो र ढिलासुस्ती भएको उनको भनाई छ । ‘घोषणा ग¥यो, तर रकम दिएन्, ‘उनले भने, ‘यसबाट झन किसान मारमा परेका छन्, यस अघि उद्योगले दिदै आएको रकम मध्ये प्रति क्विन्टलमा ६५ रुपैया घटाएर भुक्तानी गरेको छ । सरकारले अघिकतम किसानका लागि अनुदानका कार्यक्रम ल्याउनुपर्ने भएपनि घोषणा गरेको रकम समेत नदिएकाले सरकार किसानको हितमा नभएको आरोप लगाए । विष्टकै नेतृत्वमा अनुदान रकमका लागि जिल्लादेखि प्रदेशसम्मका सरकारी निकायमा डेलिगेशन गएको थियोे ।
उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतन कुमार राईले विगतका बर्षमा सरकारले किसानलाई उद्योग मार्फत अनुदान उपलब्ध गराउदै आएको बताए । ‘गत बर्षदेखि सरकारले उद्योग भन्दा सिधै किसानलाई अनुदान दिने घोषणा गरेको थियो, ‘उनले भने, ‘तर अहिलेसम्म पाईएको छैन् ।’ अनुदान रकम नपाएपछि किसान मारमा पर्नुका साथै निरास भएको उनले बताए । उनले सरकारले पठाएको अनुदान रकम १६करोड मात्रै भएकाले अपुग भएको बताए । दामाशाही प्रवृतिमा रकम वितरण गर्न नहुने उनको तर्क छ । कोषाध्यक्ष राईले सरकारले उखु किसानका लागि विषेश अनुदानका कार्यक्रम ल्याएर किसानलाई नगदेबाली तर्फ उन्मुख गराउनुको साटो घोषणा गरिएको रकम पनि समयमै उपलब्ध नगराउने किसानका लागि दुखको विषय भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुस