कञ्चनपुर, मंसिर ९ ,कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र जोड्ने बेलौरी,कलुवापुर सडक कालोपत्रेको माग राख्दै स्थानीयले सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् । सोमबार बिहानैदेखि बेलौरी–कलुवापुर सडकखण्ड अन्तर्गत बेलौरी नगरपालिका ४ शान्तिपुर क्षेत्रमा स्थानीयले सडक अवरुद्ध पारेका हुन् ।

स्थानीय महादेव पाण्डेको संयोजकत्वमा बेलौरी कलुवापुर सडकखण्ड संघर्ष समिति गठन गरेर स्थानीय आन्दोलनमा उत्रेका छन् । वषौदेखि सडक स्तरोन्नती नभएका कारण दैनिक दुर्घटना हुने गरेको स्थानीय बताउँछन् ।

दक्षिणी क्षेत्र जोड्ने मुल सडक अहिलेसम्म कालोपत्रे नहुनु र भएको सडक पनि खनेर झन समस्या निम्ताएका कारण बाध्य भएर आन्दोलनमा उत्रिएको पाण्डेले बताए । उनले सडक कालोपत्रे गर्ने सुनिश्चिता नहुन्जेलसम्म आन्दोलन जारी राखिने बताए ।कलुवापुरदेखि बेलौरीसम्म २७ किलोमिटर लामो सडक स्तरोन्नती नहुँदा स्थानीय लगायत अन्य कामकाजमा असर पर्दै आएको छ । ठेकेदार कम्पनीकै लार्पवाहीले सडक स्तरोन्नतीमा ढिलाई भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुस