कञ्चनपुर ,मंसिर १० , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ गणेशपुरमा जङ्गली हात्तीको आक्रमणबाटअसोज २९ गते घर नजिकैको जंगलको बाटो भएर वाणी जाने क्रममा मृत्यु भएका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहतस्वरुप १० लाखको चेक आज हस्तान्तरण गरिएको छ ।सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरुपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका हुन् ।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजय मानन्धरले बताउनुभयो । बोहराको असोज २९ गते घर नजिकै हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो ।

यसअघि मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिकाले रु २५ हजार र राष्ट्रिय प्रकृति संरक्षण कोषले रु ५० हजार किरिया खर्चबापतको रकम छुट्टाछुट्टैरुपमा उपलब्ध गराएको थियो । यसैगरी सामुदायिक वन समन्वय समितिलेसमेत राहतस्वरुप रु २५ हजार रकम हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया दिनुस