कल्पना साउद कञ्चनपुर, १७ असार
कञ्चनपुरको माध्यामिक शिक्षा परीक्षा(एसईई) ०८१ को नतिजा अत्यन्तै नाजुक आएको छ । परीक्षामा सहभागि आधा भन्दा बढी विद्यार्थी फेल र आधा भन्दा कम मात्रै उर्तिण भएका छन । अघिल्लो शैक्षिक सत्र ०८० मा २ विद्यार्थीले चार जिपिए ल्याएका थिए, ०८१ मा कुनैपनि विद्यार्थीले चार जिपिएर ल्याएका छैनन । ईन्टरनेशल स्कुल महेन्द्रनगरका सोमित कार्की र कञ्चनजङघा बोडिङस्कुलका रोहित विष्टले मात्रै चार जिपिएर ल्याएका थिए ।
गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई नतिजाको तथ्याङ्क अनुसार जिल्लाको नतिजा अन्यन्तै नाजुक आएको हो । राष्ट्रिय परीक्षा बोर्डले गत ०८१ चैत्र पहिलो सातादेखि संचालन गरेकोे परीक्षामा कञ्चनपुरका विद्यार्थी सहभागि भएका थिए ।
नियमित ८ हजार ६३९, ग्रेटबृद्धि २ हजार ४७८, प्राविधि धार १सय ७४गरेर ११ हजार २ सय ९१ विद्यार्थी परीक्षा फारम भएका मध्ये ४५ जनाले परीक्षामा सहभागि भएका थिएनन् । ११ हजार २ सय ४६ विद्यार्थी मध्ये आधा भन्दा बढि ३ हजार ९ सय ९४ विद्यार्थी मात्रै उर्तिण भएका छन । ७ हजार, २ सय ५२ विद्यार्थी फेल भएका हुन । ३६ प्रतिशत मात्रै विद्यार्थी उर्तिण भएका छन । तर शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरको तथ्याङ्कमा ग्रेटबृद्धिका विद्यार्थी समावेस गरिएका छैनन ।
जम्मा ८ हजार ९ सय २९ विद्यार्थीले मात्रै परीक्षा दिएका छन । जसमध्ये ३ हजार ९९४ उर्तिण र ४ हजार ८३४ विद्यार्थी अनुर्तिण भएका छन । शिक्षाको तथ्याङ्क अनुसार ४५ प्रतिशत विद्यार्थी उर्तिण र ५५ प्रतिशत विद्यार्थी अनुर्तिण भएका हुन ।
शिक्षा विकास तथा समन्वय इकाई जिल्लाको तथ्याङ्क अनुसार ३.६ देखि माथि ४ भन्दा कम जिपिए ल्याउने ३ सय ९२, ३.२ देखि माथि ३.६ सम्म जिपिए ल्याउने १ हजार ७५, २.८देखि ३.२ सम्म जिपिए ल्याउने १ हजार ३७८, २.४ देखि २.८ सम्म जिपिए ल्याउने १ हजार २, २.० देखि २.४ सम्म जिपिए ल्याउने १ सय ४६ र १.६ देखि २ सम्म जिपिए ल्याउने १ मात्रै विद्यार्थी उर्तिण भएका हुन । एसईई नतिजा कमजोर आउनुमा एकले अर्कोलाई आरोप प्रत्यारोपमा उत्रिएका छन । विगतमा भौतिक सरचना कमजोरदेखि घण्टौँ समय लगाएर टाढा जानुपर्ने बाध्यता पनि भएको आँगनमै विद्यालय हुँदा समेत नतिजा अन्त्यन्तै नाजुक आउन थालेपछि समग्र शिक्षा प्रणाली सुधारमै प्रशन उठिरहेको छ ।
कञ्चनपुरका अभिभावक खेमराज ऐरीले विद्यार्थी, शिक्षक, अभिभावकले आ–आफ्नो कर्तव्य निर्वाह नगर्दाको परिमाण नतिजा निरासाजनक आएको बताए । उनले शिक्षकले सबैभन्दा पहिला मेहनत गर्नुपर्ने सुझाव दिए । पठाउन छाडेर राजनीतिदेखि व्यवसायिक कामकाजमा बिजी हुने शिक्षकमाथि शिक्षा नियमावली अनुरुव कडाई आवश्यक रहेको बताए ।
भृकुटी माध्यामिक विद्यालयका प्रद्यानाध्यापक किशोर महराले आधारभूत तहबाटै विद्यार्थीको धरातल कमजोर हुने गरेको बताए । शिक्षक, विद्यार्थी र अभिभावकले आ–आफ्नो कर्तव्य निर्वाहमा चुकेपछि नतिजामा प्रभाव परिरहेको बताए । अहिले विद्यार्थीको मुल्याङकन प्रणालीले समेत विद्यार्थीमा अध्ययन गर्नुपर्छ भन्ने मनोविज्ञान हुँदा विद्यार्थीले मेहनत नगर्ने बताए । ‘अभिभावक पनि सरकारी विद्यालयमा वास्ता नराख्ने, निजीमा राख्छ, ‘प्रअ महराले भने, ‘हामीले १०कोे नतिजालाई मात्रै मापन गरेर गर्ने विषयले समेत समग्र शैक्षिक सुधारमा प्रभाव पर्दै छ ।’
शिक्षक पढाउनु छाडेर राजनीति, व्यापार वा अन्य कुनै वैकल्पिक काममा बिजी हुने प्रशनमा उनले सबै शिक्षक त्यस्ता पनि भएकोे कतिपयले विद्याथीकै लागि पनि उच्च मेहनत गरेको पाईएको बताए । तर, विद्यार्थीमा सहजै पास हुने मनोविज्ञानले मेहनत गर्न बानीको विकास नभएको उनको भनाई छ ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले नतिजा अपेक्षाकृत र उत्साहजनक नआएको बताए । हाम्रा विद्यालयको नतिजा सुधारका लागि राज्यकोे लगानी त्यसतर्फ नगईरहेको र खाली भौतिक सरचना तर्फ केन्द्रीत हुँदा पनि समस्या आईरहेको बताए । ‘हाम्रो लगानी अब मुलभुत गरेर कक्षा कोठाको पाठ्यक्रमसंग लक्षित हुनुपर्ने थियो, हुन लागेको छैन, ‘उनले भने, ‘हामी पाठ्यक्रममा होईन भौतिक सरचना निर्माण केन्द्रीत बढी जोडदिन लागेका छौँ,जसले अपेक्षाकृत नतिजा ल्याउन सकेको छैन ।’
पाठ्यक्रमले निर्दिष्ट गरे अनुरुप विद्यालयमा पठन पाठन हुन नसक्नु पनि विडम्बना भएकाले अब त्यसतर्फ शिक्षकले गम्भिर भएर सोच्नुपर्ने बेला आएको बताए । शिक्षा विकास तथा समन्वय इकाई मार्फत नमुना विषयगत कक्षा संचालन गरिरहेको बताउँदै उनले शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला गम्भिर हुनुपर्नेमा उनको जोड छ ।