कञ्चनपुर ,मंसिर १२ , नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले बैतडी, अछाम, डोटी र कञ्चनपुरमा उपनिर्वाचन भईरहेका नगरपालिका र गाउपालिका वडाहरुमा एकै दिन एकै साथ उपनिर्वाचन बहिष्कार कार्यक्रम सम्पन गरेको छ ।

क्रान्तिकारी माओवादीले पर्चा पोष्टर लगाएर जनताका घर आगनमै पुगेर उपनिर्वाचन बहिष्कार गरेका छन । प्रहरीको हस्तक्षेपर दमनका बावजुत पनि उपनिर्वाचन बहिष्कार सम्पन्न गरेको नेकपा क्रान्तिकारी माआवादीका शुदुरपश्चिम प्रदेस सेक्रेटरी चिन्तकले जानकारी दिनुभयो ।

प्रहरीले हस्तक्षेप दमन गरे पनि पाटीको केन्द्रिय योजनामा उपनिर्वाचन बहिष्कार गरेको चिन्तकले बताए । शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गर्न पाउने नैसर्गिक अधिकार भए पनि शान्तिपूर्ण कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गरेर सरकारले फासिवादी चरित्र प्रदर्शन देखाएको चिन्तकले हाम्रो कालापानी खवर डट कम लाई बताएका छन ।

 

प्रतिक्रिया दिनुस