दिपकराज भट्ट
डडेल्धुरा मंसिर १२ ,नेपाल भ्रमण वर्ष २०२० नजिकिए संगै डेडेल्धुराको भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्ट पर्यटकीय स्थलको प्रचार तथा संरक्षण अभियानमा सक्रिय भएकी छन् । उनले चाँडै नै आफ्नो गाउपालिकामा रहेका सायभागेश्वर मन्दिर ,बगरकोट तालल झरनासहित अन्य पर्यटकीय तथा धार्मिक स्थलको अवलोकन गरी प्रचार–प्रसारमा ल्याउने बताउदै भ्रमण वर्षमा भागेश्वर गाउँपालिकाको शैली छुट्टै हुने समेत बताएकी छन् ।

प्रचुर पर्यटकीय सम्भावना बोकेका प्राकृतिक तथा धार्मिक स्थल मध्ये १- नम्बर वडामा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल, पुरातात्विक सम्पदा, प्राकृतिक सायल झरनामा रहेको दबगरकोट ताल र साबिकबो रुपालमा रहेको भागेश्वर मन्दिर को प्रचार–प्रसार गर्न आफुले हरसम्भव प्रयास गर्ने अध्यक्ष भट्टको भनाई छ । सडक सञ्जालले नछोएका सायल झरना जस्तै कुना कन्दरामा रहेका रहेका प्राकृतिक छटाले भरिपूर्ण पर्यटकीय स्थललाई चिनाउन पत्रकारको सहयोगका लागि पनि उनले आग्रह गरिन् । आफु अध्यक्ष निर्वाचित भएदेखि नै आफुले पर्यटकीय क्षेत्रमा जोड दिँदै आएको उनले बताइन् ।

प्रतिक्रिया दिनुस