कञ्चनपुर मंसिर १२ , कञ्चनपुरमा सामुहिक कटुपिट गरेर एक युवकको हत्या भएको छ । महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको हो ।

बुबा विशन पन्तसँग मोटरसाइकलमा महेन्द्रनगर आएका उनलाई ओभरटेक गरेको आरोपमा केही युवाहरुका समुहले कुटेका थिए । कञ्चनपुरको महेन्द्रनगर–मझागाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा केही युवकले ओभरटेक गरेको निहुँमा रोकेर कुटपिट गरेका थिए ।स्कुटर र मोटरसाइकलमा सवार ६,५ जनाको समुहले ओभरटेक किन गरेको भन्दै छोरालाई निर्घात कुटपिट गरेको युवका बुवा विशनले बताए । कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि उपचारका लागि भारत लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता नरेन्द्र बहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए । शंस्कापद केहि व्यक्ति र एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएकोप्रवक्ता नरेन्द्र बहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुस