कञ्चनपुर, मंसिर , १५ , सिमा रक्षाका लागि नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले प्रधानमन्त्री लाई जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएका छन । नेकपा (क्रान्तिकारी माओवादी)पार्टीले कञ्चनपुर,दार्चुला ,बैतडी ,डोटी जिल्लाहरुमा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमंत्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको नेकपा (क्रान्तिकारी माओवादी) शुदुरपश्चिम प्रदेश ईन्चार्ज अनुकूलले जानकारी दिनुभयो ।

राष्ट्रीय स्वाधीनता र सिमा रक्षाका लागि सरकारको ध्यानाकर्षक गराउन नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र बुझाएको बताए । कैलाली जिल्लामा भोली बुझाउने र बाकी रहेका जिल्लाहरुमा केहि दिनमा ज्ञापन पत्र बुझाएने तयारी रहेको बताए ।

राष्ट्रीय स्वाधीनताको रक्षाका लागि हाम्रो पार्टी नेकपा क्रान्तिकारी माओवादीले बिगत देखि आन्दोलन गर्दै आएको छ अझै जस्तो सुकै आन्दोलन वलिदानी गर्ने तयार रहेको बताउनुभयो । सरकारले अन्तराष्ट्रीय रुपमा कुटनीति पहल मार्फतसिमा विवाद समाधान गर्नु पर्ने समेत बताए । कञ्चनपुर कैलाली दार्चुला जिल्लाहरुमा बिरोध सभा सम्पन्न गरिएको छ बाकि जिल्लाहरुमा पनि बिरोध प्रदर्शन गर्नेे कार्यक्रमको तयारी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुस