कुमालसँग मागे माफी मेयर लिम्बूकञ्चनपुर, असार ३२

कञ्चनपुरको दोधाराचाँदनी नगरका मेयर किशोर कुमार लिम्बुले स्वतन्त्र समुहका अभियन्ता भीम कुमालसंग माफि मागेका छन ।

कुमालले मेयर लिम्बु बिरुद्धमा जिल्ला अदालमा गाली बेईजतीको मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा मेयर लिम्बुले आत्माआलोचित सहित माफि मागेका छन ।

कुमालले लिम्बु बिरुद्ध समाजिक सञ्जालमा बेईजती हुने गरेर विषयबस्तु राखेकाले गाली बेईजतीमा सजाय गरिपाँउ मुद्दा दायर गरेका थिए ।

०८२ असार ३१ गते मेलमिलापकर्ता धनराज शर्माले हस्ताक्षर गरेको मेलमिलाप लिखित पत्रमा ३बुँदामा वादी भीम बहादुर कुमाल र प्रतिवादी किशोर कुमार लिम्बुविच सम्झौता भएको छ । १ लिम्बुले समाजिक सञ्जामा प्रशित गरेका विषयबस्तुबाट कुमालको चित्त दुखेको विषयमा लिम्बुले आत्माआलोचना गर्ने, अबउपरान्त कसैले पनि यथार्थपरक विषयबस्तु भन्दना बाहिर मिडियामा नजाने परम्पर आत्मालोचना सहित मिलापत्र गरिएको छ ।

प्रतिक्रिया दिनुस