गोतमान सागर पोखरीमा घोटाला भएको भन्दै स्थानीय सरकारी निकाय गुहार्दै
महोत्तरी, साउन २
मधेश प्रदेशको महोत्तरी जलेश्वर नगरपालिका ८ गोतमान सागर पोखरीमा लागेको ठेक्कामा अनियमितता भएको भन्दै स्थानीयले सरकारी निकाय गुहारेका छन । गोतमान सागर पोखरीमा लागेको ठेक्कामा अनियमितता भएको भन्दै स्थानीयले सरकारी निकाय गुहारेका हुन । स्थानीयले जिल्ला प्रशासन कार्यालय महोत्तरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सहितका अन्य सरकारी कार्यालय गुहारेका छन ।
स्थानीयले पालिका राजस्व शाखाका कर्मचारीको मिलोमतोमा विगत केहि आ.व.देखि ठेकदारले सम्झौता भएको बमोजिम रकम पालिकामा जम्मा नै नगरि दैनिक रुपले माछा मारी भ्रष्टाचारको सिमाना नाघेको तर स्थानीयवासीहरुले जानकारी दिंदा उल्टै थर्काउने गरेको दुखेसो पोखेका छन । स्थानीयले घोटाला छानबिन गरेर दोषि उपर कार्बाही नगरे आन्दोलनको चेतावनी दिएका छन ।