लक्ष्मण नेगी

कञ्चनपुर । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरीराजमणी पोखरेल सहितका माओवादी नेताहरुले कञ्चनपुर दोधाराचाँदनीको सीमावर्ती क्षेत्रको अवलोकन गरेका छन ।

पुर्वमन्त्री समेत रहेका माओवादी प्रदेश इन्चार्ज पोखरेल सहित माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्ट, पुर्वमन्त्री एव माओवादी नेता मान बहादुर सुनार, संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल, माया नेगी सहितका नेताहरुले स्थलगत अनुगमन गरेका हुन ।

नेकपा माअोवादी केन्द्रीय सदस्य सदस्य लोकेन्द्र लम्सालले सीमावर्ती कुतियाबरदेखि दोधाराचाँदनी सुक्का बन्दरगाह निर्माण स्थलको अनुगमन गर्दै दोधाराचाँदनीको सीमा सुरक्षा, विपद, औद्योगिक बृद्धि विकासका लागि पाटीका तर्फबाट सरकारलाई आग्रह गरिएको बताए । नेता लम्सालले दोधाराचाँदनी नगरमा माओवादी पुन एकताबद्ध रुपमा अघि बढेको बताए ।

प्रतिक्रिया दिनुस