कञ्चनपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वेदकोट नगरपालिका वडा नम्बर ७ को सभापतिमा नरेश भट्ट निर्विरोध निर्वाचित भएका छन । लामो समयदेखि राजनीतिमा सक्रिय भट्ट शनिबार बसेको वडा भेलाबाट निर्विरोध निर्वाचित भएका हुन्।
वडा सभापति भएसँगै भट्टले समाजमा सकारात्मक परिवर्तनका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालमा वडाका विभिन्न समस्या समाधान गर्दै नागरिकका हितमा समर्पित रहने बताएका छन्।
भट्ट लामो समयदेखि भ्रष्टाचार न्यूनीकरण अभियान समेत सञ्चालन गर्दै आएका थिए। उनले आगामी दिनमा पनि सो अभियानलाई निरन्तरता दिने बताएका छन्।
भट्टको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी वेदकोट–७ ले वडाको विकास, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुस