शुनिल राना
कञ्चनपुर, ५ साउन पछिल्ला बर्षहरुमा समाजमा लागु औषध जस्ता कुलत भयाभह बनिरहेका बेला कञ्चनपुर प्रहरी निर्मम रुपमा उत्रिएको छ । प्रहरीले लागु औषध ओसापसार, बेचबिखनदेखि सेवन तस्करी बिरुद्ध निर्मम एक्सनमा उत्रिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुरुप पछिल्ला तीन बर्षहरुमा लागु औषधमा मुद्दा दर्ता तर बृद्धि गर्दै गएको छ।
आव ०७९÷०८० मा २सय ९३ मानिस बिरुद्ध १सय ५मुद्दा, ०८१÷०८२मा २सय ८७मानिस बिरुद्ध १सय ८१ र गत आर्थिक बर्ष ०८१÷०८२मा २सय ६५जना बिरुद्ध १सय ७७ मुद्दा दर्ता गरेर कार्बाही चलाएको छ ।
तीन बर्षको अवधिमा क्रमस खैरो हिरोईन १हजार ६७१.७७ग्राम, चरेश १सय १५.२१९किलो, गाजा ७८.६३केजी,एम्पुल १हजार ९५८पिस र ट्याप १६८पिस बरामद गरेको होे ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले लागु औषध बिरुद्धमा एकातिर मुद्दा अर्कातिर सचेतना कार्यक्रम संचालन गरेको बताए ।
एसपी खत्रीका अनुसार विद्यार्थीदेखि समुदायमा लागु औषध निर्मुल गर्नका लागि समेतना कार्यक्रम संचालन गरिएको छ । यस्तै कञ्चनपुर प्रहरी चोरी तस्करी बिरुद्धमा समेत निर्मम एक्सन चलाएको छ ।
अधिल्लो बर्ष ०८०÷०८१मा ६करोड, ३७लाख, ८५ हजार ५१९रुपैया बराबरको अवैध समान नियन्त्रण गरेको प्रहरीले गत आर्थिक बर्ष ०८१÷०८२मा ७करोड ३९हजार ५४७रुपैया बराबरको भन्सार चोरीछलीको अवैध समान बरामद गरेको छ ।गत बर्ष ६ मानिस सहित ९७सवारी साधन बरामद गरिएको थिए । अवैध नदीखोला उत्खनन् गर्ने टेक्टरबाट ११लाख ८५ हजार, १सय रुपैया बराबर जरिवाना गराएको र मपासे गरेर सवारी साधन चलाउने चालकमाथि कार्बाही गरेर १लाख ७४ हजार जरिवाना अशुलेको छ । काठ तस्करी नियन्त्रण तर्फ ५सय ५ क्यूफिट काठ बरामद ८ मानिस पक्राउ ७ सवारी साधन नियन्त्रणमा लिएर ११लाख, ५५ हजार ६सय ६०रुपैया बराबर जरिवाना अशुलेको छ ।
जिल्लामा सवारी दुर्घटना ह्वातै बढेको छ । ५सय २० सवारी दुर्घटनामा ४सय ८० मुद्दा फछ्यौट गरेको छ । गत आर्थिक बर्ष ०८१÷०८२मा विभिन्न प्रकृतिमा ९सय ६४मुद्दा दर्ता भएपनि ६सय २३ फछ्यौट गरिएको छ । ६५प्रतिशत मुद्दा फछ्यौट गर्न सफल भएको छ । प्रहरीले परीक्षा ऐनदेखि हत्यासम्मका ३७ प्रकृतिका मुद्दा चलाईएको थियो ।
यस्तै फरार अभियुक्त पक्राउ गरेको छ । ०८०÷०८१मा १हजार ३सय ७ फरार मध्ये ३सय ४५ पक्राउ, ०८१÷०८२मा १हजार २सय ६५फरार मध्ये ४सय ८७पक्राउ परेका हुन ।
प्रहरीले प्रतिबन्धीत कुखुरा, चल्ला, अण्डादेखि अवैध माछा बरामद गरेको छ । ४सय २० हराएका महिला,बालबालिका जेष्ठ नागरिक मध्ये ३सय ८०फेला पारेर प्रहरीलाई बुझाएको छ ।
यस्तै साधारण तर्फ ३ हजार ७सय ४८ निवेदनमाथि छलफलका माध्यमबाट ३हजार २सय ७७मुद्दा फछ्यौट गरेको छ । कञ्चनपुर एसपी खत्रीले लागु औषध सेवन, ओसारपसार, मादक पदार्थको सेवन, घरेलु हिन्सा, सवारी दुर्घटना, चोरी तस्करी, मोवाईल चोरी, साईबर अपराध शान्ति सुरक्षामा चुनौती थपिदिएको बताए । ‘प्रहरीसंग न्यूनतम स्रोत साधनका विच पनि अधिकतम उपभोग गर्दै शान्ति सुरक्षामा सेवा प्रहार गरिरहेका छौँ, ‘एसपी खत्रीकोे दावि छ, ‘आमागी दिनमा थप सेवा चुस्त दुरुस्त बनाउँछौँ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी समेत रहेका डिएसपी सागर बोहराले विभिन्न प्रकृतिका अपराध न्युनिकरणका लागि प्रहरीले समुदाय स्तरमा साझेदारी कार्यक्रम संचालन गरेर न्युनिकरणका प्रयास नियन्तर जारी राखेको बताए । प्रवक्ता बोहराका अनुसार सचेतना, अभिमुखीकरणदेखि सहित अवैध गाजा फडानीसम्मका २७ किसिमका जनचेतनामुलक कार्यक्रम संचालन गरिएको बताए । अपराध न्यूनिकरणका लागि समुदाय प्रहरी साझेदारी समन्वय आवश्यक रहेको उनको भनाई छ ।